काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट तीन जनालाई मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपाली कांग्रेसका धनराज गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।













