मासु, त्यो पनि कृत्रिम, अझ साकाहारी ! अचम्म भएन त ? मासु मन पराउने साकाहारीहरुले जनावर नमारीकनै मासु खान पाउने रे ! जनावर नमारीकनै उसको मासु खाने यस्तो अनौठो प्रविधिको आविष्कार नेदरल्याण्डका वैज्ञानिकहरुले गरेका हुन् । उनीहरुले सुँगुरको मासु ल्याबमै तयार पारेर यस्तो प्रविधिबाट प्रयोगशालामा मासु उत्पादन गर्न सकिने कुरा बताएका थिए ।
यो प्रविधि अनुसार जिउँदो सुँगुरको ज्यादै थोरै मासु निकालेर पेट्रीडिसमा राखी त्यसलाई बढाउँदै लगिएको थियो । प्रयोगशालामा आफूले चाहे जति नै उक्त मांशकोषबाट मासु उत्पादन गर्दै लैजान सकिने देखियो । यो अनुसन्धानले पुष्टि गरेको कुरा के हो भने कुनै पनि जनावरलाई नमारीकनै कुनै ठूलो असर नपु¥याइकनै उसको मासु खान सकिने छ ।
जनावरको थोरै मासु झिकेर ल्याबमा राखी त्यसलाई धेरै बनाउन सकिन्छ । अझ अनौठो त के छ भने यसप्रकारको मासुलाई मांशाहार नभनीकन साकाहार भनिएको छ । कतिपय देशमा माछालाई पनि शाकाहार नै भनिएको छ ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट












