स्मृति र कल्पनारहित जीवनप्रवाहका साथ रहनु र वर्तमानमा हुनु हो । यो अवस्था भवमुक्तिको अवस्था हो । अहंले इच्छालाई जन्म दिन्छ । इच्छाले सङ्कल्प विकल्पलाई, विकल्प मन र सङ्कल्प बुद्धि शब्दले जानिन्छन् । जहाँ यी सबै उठ्छन्, बस्छन्, सुत्छन्, त्यस स्थलको नाम हो चित्तप्रवाह वा अन्तःकरण । प्राणका साथमा सम्बन्ध राखेर अन्तःकरण भित्र प्रवेश गर्नुपर्छ । त्यहाँ पुगेपछि मात्रै त्यहाँ के छ त्यो थाहा हुन्छ ।
मन हुनु न हुनु, मन लाग्नु न लाग्नु, यत्ति हो संसार, यत्ति हो ईश्वर, अनित्य स्पर्श र स्थायित्वको कामना इहलोक हो । मिथ्याको, कल्पनाको, स्पर्श र त्यसको प्राप्तिको चाहना परलोक हो । दुवैबाट मुक्त चित्त वर्तमानमा रहन सक्छ । स्वार्थ, धन, मान त्याग्न सके अभिमान कम हुन्छ । शरीर, घरको, परिवारको, सामाजिक इज्जतको मोह त्याग गर्न सके अशान्ति कम हुन्छ । दुवै त्याग्न नसके अहिले संसारको जो हालत छ, क्षण खुशी— क्षण दुःखीको जो नारकीय यातना छ यस्तै हुन्छ, जो भइरहेको छ ।
अज्ञानको स्वप्न बाहिरको संसार हो । निद्राको स्वप्न प्रतिदिनको स्वप्न हो । दुवै स्वप्नबाट व्यूँझ अनि स्वतन्त्रता छ । अहङ्कार र इच्छा छैन भनी अन्यले जे गरे पनि, जे भने पनि द्वैत आउँदैन । द्वैत आउनु, देखिनु नै आत्माबाट बाहिर आउनु हो, आत्माबाट बाहिर सर्वत्र अपेक्षा प्रतीक्षा, परीक्षा, आकाङ्क्षा–विक्षेप, मान, द्वन्द्व उकुस मुकुस मात्रै छ ।
चिन्ताबाट त्यो मुक्त छ, जो त्यागी छ, ज्ञानी छ, सन्तोषामृतले सिञ्चित भएर मनको शान्ति प्राप्त गरेको छ ।
आफ्नो मन, आफ्नो इच्छा, आफ्नो अभिमान, आफ्नो स्वार्थ, आफ्नो आदत, बानीसम्म अरू सबै आपैm जानकारीमा आउनेछन् ।
केही पाउनु छैन, कहीं पुग्नु छैन, मान, सम्बन्ध चाहिएन यस मनस्थितिमा शान्ति र विश्राम छ । त्यागबाट शान्ति, शान्तिबाट विश्राम, विश्रामबाट आत्मप्रज्ञा प्रकाशित हुन्छ ।
सच्चा प्रेमी र पूर्वजानीको मिलन भयो भने सम्पूर्ण जीवन त्यहीं प्रकाशित हुन्छ ।
गुरु सेवा गुरु सान्निध्य, गुरुको सत्सङ्ग बाहेक केही नचाहनु सच्चा प्रेमीको लक्षण हो ।
सबै कल्पना र अनित्यबाट मुक्त भई आपैmले आपैmमा दिव्यभावले बाँचिरहेको शरीर चेतनालाई पूर्ण जानी भन्न सुहाउँछ । सत्पुरुष, सन्नारी दुर्लभ छन् । एक करोड जनसङ्ख्यामा केही सज्जन पाइए भने ठूलो उपलब्धि हुनेछ ।
दैनिक चिन्ताबाट मुक्त, धेरै कमाउनबाट मुक्त अनित्य र मिथ्यामा नअड्किएको, शरीर घरपरिवार, समाज, राष्ट्र, भाषा, ज्ञानी, तथाकथित धर्म— यिनीहरूबाट आन्तरिक रूपले मुक्त जीवन चेतनालाई सज्जन भन्न सकिन्छ । यस्तो जीवनको खोज गर्नेलाई सत्पात्र भन्न सुहाउँछ ।
सज्जन र सत्पात्रको मिलन आत्मा–परमात्माको साकार मिलन हो ।
एक पूर्ण ज्ञानीका साथ एक सत्पात्र तथा एक सत्पात्रका साथ पाँच या दश आत्मा खोजी गर्ने रहन सक्छन् । एक एक आत्मा खोजीका साथ सय÷सय जिज्ञासु रहेर अभ्यास गर्न सक्छन् ।
जिज्ञासुहरू अभिमानका पछाडि लागेर तल्लो स्तरमा उत्रिन सक्छन् । धेरैजसो सम्भावनामा मन्दिर बनाउने, अस्पताल विद्यालय खोल्ने, नौकरी गर्ने, घर बसाएर पत्नी ल्याएर बच्चाबच्ची जन्माउनेमा जिज्ञासाको अन्त हुन्छ ।
आत्माखोजी तŒव मात्रको इच्छा गर्दैन परन्तु त्याग, सजगता र तीव्रताको अभावमा केही जन्म आत्म खोजीको अवस्थामा रहनुपर्ने हुन्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













