दक्षिणी ध्रुब अन्टार्कटिकामा अढाई करोड पाउण्ड बजेट खर्चेर बेलायतले निकै सुविधासम्पन्न अत्याधुनिक प्रयोगशाला तथा विज्ञान केन्द्र स्थापना गरेको छ । यो प्रयोगशालाको मुख्य विशेषता चलायमान हुनु हो । यो एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तरण भइरहन्छ । यसप्रकारको अनौठो मोबाइल साइन्स स्टेशन चार वर्षको अथक प्रयासपछि तयार भएको हो । यहाँ प्रयोगशालाका साथै व्यायामशाला तथा मदिरालय समेत रहेको छ ।
अन्टार्कटिका महादेश पत्ता लागेको १ सय वर्षपछि सन् २०१३ मा बेलायतले यो प्रयोगशालाको स्थापना गरेको हो । यसलाई चलायमान बनाउनुको अर्थ हिउँमा नपुरियोस् भनेर हो । यो विश्वको पहिलो चलायमान अनुसन्धान केन्द्र पनि हो, जुन चिप्लेटी खेलेजस्तो गरी एक ठाउँबाट अर्काे ठाउँमा पुग्दछ । यसअघिका प्रयोगशालाहरु हिउँले पुरिएपछि बेलायती कम्पनी हग ब्रगटन आर्किटेक्टको डिजाइनमा यस्तो चल्ने प्रयोगशाला तयार गरिएको हो । ‘ह्याले सिक्स्थ रिसर्च स्टेशन’ नाम दिइएको यस अनुसन्धान केन्द्रमा १६ देखि ५२ जनासम्म कर्मचारी वर्षैभरि रहन्छन् र अन्टार्कटिकामा अनुसन्धानको काम गर्छन् ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट













