सामान्यतया महिला गर्भवती हुनका लागि पुरुषसँगको संसर्ग अनिवार्य हुन्छ तर बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको एउटा अनौठो कुर्सीले महिलालाई गर्भवती बनाएको कुरा सन् २०१३ मा निकै चर्चाको विषय बनेको थियो ।
उक्त होटलका महिला कर्मचारी त्यो कुर्सीमा बसेपछि गर्भवती हुने गरेको अनौठो समाचार बाहिर आएपछि यसले विश्वमै तहल्का मच्चाएको थियो । समाचार बाहिर आउँदासम्म यो कुर्सीमा बसेकै कारण ७ जना महिला कर्मचारी गर्भवती भएको खुलासा भएपछि यो चर्चाको विषय बनेको थियो ।
उक्त होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई ‘फर्टिलिटी चेयर’ भन्ने गरिएको थियो । वास्तवमा बच्चा नहुने समस्या झेलिरहेका विवाहित महिला यो कुर्सीमा बसेपछि सहजै गर्भ रहन्छ । हुन त कतिपयले छिटो चर्चा कमाउने उद्देश्यले यस्ता भ्रम फैलाउने गरेको पनि पाइन्छ ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट













