• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालको सुरक्षित र आकर्षक पर्यटनको सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह

by
१५ बैशाख २०८०,
0
नेपालको सुरक्षित र आकर्षक पर्यटनको सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल होटल सङ्घ (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको साधारणसभाले उहाँसहित आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ अध्यक्षमा निर्वाचित हुँदै गर्दा कोरोना महामारीले थलिएको होटल क्षेत्र अझै पनि पुरानो लयमा फर्कन सकेको छैन । ‘रिभाइभल’को चरणमा रहेको होटल क्षेत्रका आजका समस्या, तिनका समाधानका लागि विभिन्न पक्षको भूमिका र नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदमलगायतका विषयमा केन्द्रित रही राष्ट्रिय समाचार समिति (रासस)का लागि उपसम्पादक कमलकुमार बस्नेत र समाचारदाता सिबी अधिकारीले नवनिर्वाचित अध्यक्ष शाहसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा निर्वाचित हुनुभएको छ । हानले यसपटक पनि सर्वसम्मत नै नेतृत्व चयन गर्न सफल भयो होइन ?

होटल सङ्घ नेपाल (हान)सँग ५७ वर्ष लामो इतिहास छ । यसबीचमा दुई पटक मात्रै निर्वाचन भएको छ । बाँकी सबै कार्यकाल सर्वसम्मत नै कार्यसमिति चयन भएको छ । हामी विशुद्ध व्यावसायिक सङ्गठन हौँ । राजनीतिक आस्थालाई सङ्घमा हावी हुन दिएका छैनौँ । पक्कै पनि कार्यसमिति निर्वाचित हुँदै गर्दा आकाङ्क्षी धेरै हुनुहुन्छ । यसपटक पनि हुनुहुन्थ्यो तर सबैलाई सहमतिमा ल्याउन सफल भयौँ । सबै साथीको आआफ्नै जिम्मेवारी छ । कार्यसमितिमा भए पनि नभए पनि उहाँहरुको योगदान सङ्घमा रहने नै छ । सहमतिका आधारमा नेतृत्व चयन हुँदा हाम्रो अनावश्यक खर्च जोगिएको छ । हामीबीच व्यावसायिक सौहार्दता पनि कायम हुने नै भयो । यसपटक नौ वटै वर्गका होटलबाट दुई जनाका दरले १८ जना छनोट गरी त्यसमध्येबाट अन्य पदाधिकारीहरू छनोट गरिएको हो ।

हानको अध्यक्षका रूपमा तपाईंका प्राथमिकता के हुनेछन् ?

अध्यक्ष निर्वाचित भएसकेपछि मैले गर्ने काम विधानमा उल्लेख भएबमोजिम नै हुने हो । विधानमा सङ्घको उद्देश्य नै देशभरका सदस्यका व्यवसायलाई बलियो बनाउने, उहाँहरूका समस्या समाधानका लागि पहल गर्ने नै भन्ने हो । त्यसैका आधारमा मैले काम गर्नेछु । सङ्घलाई यहाँसम्म ल्याउनका लागि पूर्वअध्यक्षहरूले पु¥याउनुभएको योगदानलाई कदर गर्दै सङ्घको छवि अझ उँचो बनाउनमा केन्द्रित हुनेछु । अहिले होटल क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि मेरो पूर्ण प्रयत्न हुनेछ । त्यसबाहेक होटल क्षेत्रलाई राष्ट्रिय उद्योग सरहको मान्यता दिलाउने विषयमा पनि मैले सक्दो प्रयास गर्नेछु । आगामी वर्षको बजेट निर्माण हुँदैछ बजेटमा हाम्रा माग सम्बोधन होस् भनी प्रयास पनि जारी नै रहनेछ ।

कोरोना महामारीले प्रभावित अन्य क्षेत्र लयमा फर्किए पनि होटल क्षेत्र अझै समस्यामा छ भनिरहनुभएको छ । सरकारसमक्ष पनि बारम्बार सम्बोधनका लागि माग राख्नुभएको छ । वास्तवमा अहिले होटल व्यवसाय कुन अवस्थामा छ ?

कोरोना महामारीले विश्वभरको पर्यटन क्षेत्रलाई प्रभावित पा¥यो । कोरोना महामारीको असर न्यून भएको आजको अवस्थामा पनि विश्वको पर्यटन पूर्णरूपमा रिकभर भइसकेको छैन । आजका दिनमा सबै देशलाई पर्यटक चाहिएको छ । किनभने पर्यटन यस्तो एउटा क्षेत्र हो जसका कारण अन्य कैयन क्षेत्रको विकास सम्भव छ । पर्यटन क्षेत्रबाट छोटो समयमै आर्थिक समृद्धि ल्याउन सकिन्छ । आजका दिनमा होटल ३० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका छन् । जबकि सञ्चालन खर्च धान्नका लागि मात्रै पनि कम्तीमा ३८ प्रतिशत अकुपेन्सी आवश्यक पर्छ । तर आजका दिनमा हामीसँग कोरोना महामारीभन्दा अघिको जत्तिको पनि पर्यटक आएको अवस्था छैन । अब हामीले पर्यटक बढाउनका लागि प्याकेज ल्याउन सक्नुपर्छ । तीन वर्षसम्म पर्यटक नआएपछि होटलका कोठाहरू खाली भए भने आम्दानी नभएपछि बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज तिर्न पनि नसक्ने अवस्था भयो । गत आर्थिक वर्षसम्म त सरकारले मौद्रिक नीतिमार्फत सम्बोधनको प्रयास गरेको थियो तर चालु आवदेखि त्यो पनि छैन । त्यसैले अहिलेको समस्या समाधानका लागि हामीले सरकारसमक्ष आफ्ना समस्या राखेका छौँ ।

होटल क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भइसकेको छ । पर्यटक नआउने हो भने ब्याज तिर्न पनि गाह्रो हुने अवस्था छ । समस्या कहाँ छ भन्ने लाग्छ ?

होटलमा सरकारको वार्षिक बजेट जत्तिकै अर्थात् १७ देखि १८ खर्ब रुपैयाँ लगानी भएको छ । पाँचतारे होटल मात्रै १८ वटा पुगिसके भने काठमाडौँ बाहिर १८ देखि २० वटा राम्रा होटल आउने तयारी अवस्थामा छन् । सन् २०२२ मा करिब छ लाख पर्यटक आएका छन् । तर होटलको क्षमता भने ३५ लाख पर्यटक धान्ने छ । यस्तो अवस्थामा आन्तरिक पर्यटक केही बढे पनि होटलले आम्दानी लिन सकेका छैनन् । यस्तो अवस्थामा होटलमा भइरहेको लगानी जोगाउनका लागि तत्कालै पोखरा र भैरहवाका विमानस्थल राम्रोसँग सञ्चालन गर्नुपर्छ । विमानस्थल बनाउने तर सञ्चालन नै गर्न सकिएन भने अर्थ हुँदैन । हामीले राष्ट्रिय ध्वजावाहक विमान पनि चलाउन सकेका छैनौँ । विमानस्थल नै नचल्ने हो भने हामीले ३५ लाख पर्यटक ल्याउन पनि त सक्दैनौँ । यसमा सरकारी संयन्त्रबाटै पर्याप्त मार्केटिङ नभएको हो कि भन्ने पनि लाग्छ । यसका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न पनि सक्छ ।

होटलमा भइरहेको लगानीको जोखिम कत्तिको देख्नुहुन्छ ?

कुनै पनि क्षेत्रमा गरिने लगानीमा जोखिम त जहिले पनि रहन्छ । अझ होटलमा गरिने लगानी उठ्न त लामो समय लाग्नु स्वाभाविक हो । होटलमा लगानी गर्दा लगानीकर्ताले नै २० देखि २५ वर्षको समय हेरेकै हुन्छ । सुरुआतमा घाटामै सञ्चालन गरिन्छ । पछिल्लो समय नेपालमा लक्जरियस होटल आउनेक्रम पनि जारी छ । मुस्ताङमा हाइब्राण्ड होटल सिन्तामणि आएको छ भने इन्टरकन्टिनेन्टलले चार वटा होटल ल्याउँदैछ । यसरी विश्वका राम्रा होटल नेपाल आउनुको अर्थ सम्भावना भएर नै हो । यस्तो अवस्थामा सरकारले हाम्रा समस्या सुनिदिनुपर्छ । आजका दिनमा हामीसँग व्यवसाय गर्ने आत्मविश्वास नै छैन । सम्भावना हुँदाहुँदै पनि प्रोत्साहन भएन भने काम गर्न पनि मन लाग्दैन । अपेक्षाकृत पर्यटक आउने हो भने होटलमा भइरहेको लगानी जोखिममा पर्ने हुँदैन । हामीले भारत र चीनबाट मात्रै पनि लाखौँको सङ्ख्यामा पर्यटक ल्याउन सक्छौँ । चीनबाट ठूलो सङ्ख्यामा पर्यटक ल्याउन सकिन्छ तर त्यसका लागि हामीसँग पर्याप्त ‘कनेक्टिभिटी’ छैन । चीनसँग सातामा पाँच वटा उडान मात्रै छ । जबसम्म कनेक्टिभिटी बढाउन सकिन्न तबसम्म चिनियाँ पर्यटक पनि ल्याउन सकिन्न । भारत पनि हाम्रा लागि ठूलो बजार हो । यसका लागि सरकारले केही प्रयास गर्नुपर्ने हुन्छ । कोरोना महामारी शून्यको अवस्थामा आइसकेपछि सरकारले नै नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य हो भन्ने खालको सन्देश दिन सक्नुपर्ने थियो भन्ने लाग्छ ।

पर्यटन क्षेत्रलाई हेर्ने व्यवहार कस्तो पाउनुभएको छ ?

पर्यटन क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि राम्रो भएन भन्ने लाग्छ ।पर्यटन क्षेत्र सरकारी परिभाषामा होटल क्षेत्र सेवा व्यवसाय हो । उद्योग होइन । उद्योग नहुँदा हामीले सुविधा पाएका छैनौँ । उद्योगले विद्युत् महसुल प्रतियुनिट रु छ तिर्छ भने हामीले महँगो शुल्क तिर्नु परिरहेको छ । मुलुकमा विदेशी मुद्रा आर्जन गर्ने र लाखौँलाई रोजगारी दिने पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिने हो भने निकै सहज हुने थियो । कोरोना महामारीपछि होटलको व्यवसाय राम्रो छैन । कति होटल बन्द अवस्थामा छन् भने कतिपय पलायन अवस्थामा छन् । सञ्चालन भएका होटलले पनि सञ्चालन खर्च धान्न सकेको अवस्था छैन । यससम्बन्धी सबै तथ्याङ्क नेपाल राष्ट्र बैंकसमक्ष छ तर सो अनुरुप समस्या समाधानका लागि सम्बोधन भएको छैन ।

आजका दिनमा होटल क्षेत्रका समस्या समाधानका लागि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?

सबैभन्दा पहिले त सरकारले होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिनुपर्छ । डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्को बैठकले होटललाई उद्योग क्षेत्रको मान्यता दिने विषयमा अघि बढे पनि त्यसले मूर्तरूप पनि लिन सकेको थिएन । अहिले होटल क्षेत्रले उद्योगको मान्यता नपाउँदा विभिन्न सेवा तथा सुविधाबाट वञ्चित भएको अवस्था छ । त्यसबाहेक सरकारले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवाला, निजी क्षेत्रसँग सहकार्य गर्न जरुरी छ । विदेशी पर्यटक ल्याउने विषयमा नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश सरकारले दिनसक्नुपर्छ । पर्यटकले विमानस्थलमा उत्रनेबित्तिकै खर्च गर्न सुरु गर्छ ।

युनाइटेड नेसन्स वल्र्ड टुरिजम अर्गनाइजेसनका अनुसार एक जना पर्यटक आउँदा ११ जनालाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगार दिन्छ । यस अर्थमा पर्यटन क्षेत्रको विकासले अन्य विभिन्न क्षेत्रलाई समेट्न सक्छ । कोरोना महामारीपछि कोरोना महामारीका कारण प्रभावित यस क्षेत्रबारे सरकारले श्वेतपत्र जारी गरी नयाँ कार्यनीति बनाएर अघि बढ्नुपर्छ । यसका लागि सबै सरोकारवाला निकाय, निजी क्षेत्र र सरकार मिलेर काम गर्न सकियो भने यसले राम्रो प्रतिफल दिनसक्छ भन्ने मेरो विश्वास छ ।

विष्णु पौडेल अर्थमन्त्री भएका बेला अध्यादेशमार्फत ल्याइएको बजेटमा एक वर्ष पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइएको थियो । त्यसले होटल क्षेत्रलाई ठूलो राहत भयो । तर त्यसपछि बनेको सरकारले त्यसलाई निरन्तरता दिएन । अब सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरहको मान्यता दिनुपर्छ । उद्योगको मान्यता नहुँदा यो क्षेत्र विभिन्न सुविधा पाउनबाट वञ्चित भएको छ । यस्ता समस्या सरकारले सुनिदिएर आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्छ ।

विदेशी पर्यटक बढाउन के गर्न सकिन्छ ?

हामीले नेपालमा पर्यटकको सङ्ख्या बढाउनका लागि प्याकेज दिन सक्नुपर्छ । अन्य देशका गन्तव्यको तुलनामा हामीले के फरक दिन सक्छौँ भन्ने हो । सन् २०१९ को तुलनामा अहिले एक तिहाइ पर्यटक मात्रै भएको अवस्था छ । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनका लागि पर्यटक आकर्षित गर्न ‘लाइफ टाइम एक्सपेरियन्स’का कार्यक्रम ल्याएका थियौँ । तर ती कार्यान्वयन भएनन् । अब सरकारले नेपाल भ्रमण दशक भनेर मनाउने योजना ल्याएको छ । जसअनुसार सन् २०३३ सम्ममा ३५ लाख पर्यटक ल्याउने योजना छ । आजका दिनमा पनि होटल मात्रै होइन, विमान कम्पनी, ट्राभल ट्रेकिङ एजेन्सीहरू सबैले आ–आफ्नो तरिकाले काम गरिरहेका छौँ । तर यो राष्ट्रियस्तरबाट संयोजन हुन नसकेको अवस्था छ । यदि राष्ट्रियस्तरबाट संयोजन हुने हो भने धेरै काम गर्न सकिन्छ । नेपालमा पर्यटक बढाउनका लागि आगामी दुईदेखि तीन वर्षमा दुई÷तीन वटा ‘इन्टरनेशनल मेगा इभेन्ट’ गर्नु आवश्यक छ । त्यसो भयो भने सरकार र निजी क्षेत्रले एउटै बोली बोल्ने हुन्छ र सन्देश राम्रो जान्छ । नेपाल ‘एड्भेञ्चर’का लागि राम्रो गन्तव्यका रूपमा प्रचारप्रसार गर्ने हो भने त्यसका लागि दुई÷तीन वर्ष त तयारीका लागि नै चाहिन्छ । सन् २०२३ देखि काम सुरु गर्ने हो भने सन् २०२५ सम्म काम गर्न सकिन्छ । यसका लागि सरकारले आगामी वर्षको बजेटमार्फत यो क्षेत्रलाई सम्बोधन गर्नुपर्ने अवस्था छ ।

पर्यटनमन्त्रीले पर्यटन ऐन परिवर्तन गर्छु भन्नुभएको छ । पुरानो ऐनका कारण पनि समस्या हो ?

नेपालको पर्यटन ऐन विसं २०३५ मा बनेको हो । त्यो तत्कालका लागि राम्रो थियो तर आजका दिनमा समयसापेक्ष छैन । मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा पनि ऐनलाई सोहीअनुसार परिवर्तन गर्न जरुरी छ । हानलाई पनि सात वटै प्रदेशमा लैजाने गरी विधान संशोधन गर्ने तयारीमा छौँ । आजका दिनमा गण्डकी प्रदेशले पर्यटन क्षेत्रको राजधानीका रूपमा आफूलाई विकास गर्ने प्रयास गरिरहेको छ । प्रदेश सरकारहरूले पनि पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको क्षेत्र मानेकाले पर्यटन क्षेत्रको विकासका लागि लगानी ल्याउने गरी नीति बनाउनुपर्छ ।

Previous Post

अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता

Next Post

भारत सरकारको जमिन बाँडफाँड नीतिका कारण जम्मु र कश्मीरका घुमन्ते हर्षित

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

२८ फाल्गुन २०८२,
Load More
Next Post
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे

भारत सरकारको जमिन बाँडफाँड नीतिका कारण जम्मु र कश्मीरका घुमन्ते हर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In