• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं – नैनसिंह महर

by
१४ बैशाख २०८०,
0
नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं – नैनसिंह महर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्। राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए।

‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ,’ उनले भने।

प्रत्येक दुईरदुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ।

मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुखद उनले बताए।

‘पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिष्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ। अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ,’ महर भन्छन्।

पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ। ‘हाम्रासामु जनताको भावना र परिवर्तनलाई आत्मसाथ गर्नसक्ने कांग्रेस निर्माण गर्नुपर्ने चुनौती छ। यसको सामना गर्न समयानुकूल रणनीति अख्तियार गर्न हामीलाई चुक्ने छुट छैन,’ महर भन्छन्।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको उनले बताए। नागरिकको भावनाअनुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने महरले बताए। उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो।

‘मूल धारका राजनीतिक दलहरूले उपनिर्वाचनमा अपेक्षित नतिजा नल्याउनुमा आम निर्वाचनपछि बनेको बाम गठबन्धन र उनीहरूको भूमिका पनि बाधक बन्यो,’ उनी भन्छन्, ‘कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धन कायम रहेको भए पनि यो अवस्था आउने थिएन। केही परिस्थितिले राजनीति फेरिन पुग्यो। त्यसले मूलधारका सबै राजनीतिक दललाई असर गर्‍यो।’

राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवोदित शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाइ छ। मुलुकको स्थायी राजनीतिक शक्ति मूलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उनले बताए।

‘स्थायी राजनीतिक शक्ति पनि मूलधारकै पार्टी हुन्। केही गल्ती कमजोरी पनि भएका होलान्। अब ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ,’ उनले भने। ठूला राजनीतिक दलहरूले समयसापेक्ष राजनीतिक दललाई परिवर्तित गर्न नसक्दा मुलुकको राजनीति लिक बाहिर जान खोजिरहेको उनले चिन्ता व्यक्त गरे।

‘हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावना अनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छ,’ उनले भने, ‘पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाव र गतिशीलता खोजेको संकेत दिएको छ। हामी यसका लागि तयार हुनुपर्छ।’ समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोही अनुरूप गतिशील हुनसक्नुपर्ने उनको तर्क छ।

Previous Post

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

Next Post

सगरमाथा चढ्न ४६३ जनाले लिए अनुमति

सम्बन्धित खबर

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
ओली र लेखकलाई आज अदालतमा पेश गरिदै
समाचार

ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

१५ चैत्र २०८२,
Load More
Next Post
सगरमाथा चढ्न ५ जनाले लिए अनुमति

सगरमाथा चढ्न ४६३ जनाले लिए अनुमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In