• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘हिनौना’ को व्यापारबाट दैनिक चार हजार आम्दानी

by
१२ बैशाख २०८०,
0
‘हिनौना’ को व्यापारबाट दैनिक चार हजार आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमही नगरपालिका–४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ (खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझापख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौनासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका कृषक महिलाको हिजो आजको दैनिकी हो । यी कृषक महिला लमही–गढवा सडकखण्डको छेउमा हिनौना र तरकारी बिक्री गर्नका लागि लस्करै बसेका हुन्छन् । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरूले विभिन्न जातका तरकारी उत्पादन गरेका छन् । तरकारीका साथसाथै यतिबेला ती किसानका बारीमा हिनौना लटरम्म फलेका छन् । पुस महिनामा रोपेको हिनौना चैतमा तयार हुन्छ ।

मानव स्वास्थ्यका लागि अति उत्तम मानिने हिनौना देउखुरी क्षेत्रको लोकप्रिय फलफूलमा पर्दछ । लमही–४ ठूलो घुम्नाका किसान देवकुमारी चौधरीले दुई कट्ठा जमिनमा बगर खेती गर्नुभएको छ । उहाँको बगर खेतीमा एउटै हिनौना आठ किल्लोसम्म तौल भएको फलेको छ । उहाँले ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिरहनुभएको छ । “अघिल्लो वर्ष रु ३५ हजार जति आम्दानी गरेको थिएँ, यो पटक हेरौँ कति हुन्छ”, उहाँले भन्नुभयो । सडक छेउमा बसेर व्यापार गर्ने यहाँका सबै किसानले तरकारीको एउटै मूल्य तोक्ने गरेका हुन्छन् । हिनौना ४० रुपैयाँ किलो, फर्सी ३० रुपैयाँ किलो, करेला ५० रुपैयाँ किलो, लौका ३० रुपैयाँ किलो, भिन्डी १०० रुपैयाँ किलो, काँक्रा ६० रुपैयाँ किलो, बोडी एक सय २० रुपैयाँ किलो, टमाटर २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । सडकको छेउमा बसेर कम्तीमा पनि रु तीन हजारदेखि माथि आम्दानी गर्ने गरेको कृषक हरिलाल चौधरीले बताउनुभयो ।

एक घर परिवारले आठदेखि १० कट्ठासम्ममा बगर खेती गर्ने किसान छन् । उनीहरूले मङ्सिरदेखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । त्यसपछि वर्षायाम सुरु भयो भने त्यो ठाउँमा राप्ती नदी बग्ने गर्दछ । मलिलो माटोभन्दा बालुवाको मात्रा बढी भएको जमिनमा हिनौना फल्ने गर्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्राय थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन् । बालुवामा फल्ने भएकाले सिँचाइ भने अलि बढी गर्नुपर्ने किसानको अनुभव छ । ठूलो घुम्नाकै पुतली चौधरीले हिनौना बिक्री गरेर अघिल्लो वर्ष रु १० हजार आम्दानी गरेको बताउनुभयो । “पहिले पनि एक कट्ठामै लगाएकाले आम्दानी थोरै भएको र अहिले पनि एक कट्ठामा लगाइएको छु त्यही भएर आम्दानी पनि थोरै होला”, उहाँले भन्नुभयो । ठूलो घुम्नामा झण्डै दुई सय घरधुरी जति कृषकले बगरमा तरकारी र हिनौना खेती गरेका छन् । राति अन्य गाउँबाट मान्छे आएर चोरेर लगिदिने भएकाले हिनौनाको सिजन नसकिँदासम्म स–साना झुप्रो बनाएर घरका पुरुष बगरमै सुत्ने गर्दछन् ।

Previous Post

‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’

Next Post

विदेश निर्यात हुने पानीको गुणस्तर पारित

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
विदेश निर्यात हुने पानीको गुणस्तर पारित

विदेश निर्यात हुने पानीको गुणस्तर पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In