प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले एसपाली बाट उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहितामा रहेको जनाएको छ।
धेरै जसो पुराना अनुहार नै दोहोरिएका भए पनि आघिल्लो चुनाव को भन्दा उल्टो गठबन्धन भएको छ । सत्ता गठबन्धन र विपक्षी गठबन्धन गरी निर्वाचनमा भाग लिएका छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपा रहेका छन् । यस्तै विपक्षी गठबन्धनमा नेकपा एमाले, जसपा, राप्रपा, राप्रपा नेपाल र कांग्रेस बिपी राहेका छन ।
काठमाडौं मा धेरै जसो स्वतन्त्र अनी बालेन शाह को जित ले पनि पुराना अनुहार लाई निकै गाह्रो हुने देखिन्छ ।













