• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

by
११ बैशाख २०८०,
0
युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दिलबहादुरको दैनिकी निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाइने निगालोलाई उनले क्षणभरमै चोया बनाउछन ।

बाहिरी–भित्रीपत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्छन।

उनी सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् । भएका विद्यालयमा पढ्न जाने पहुँच पनि भएन । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिके । बाबुसँग डोको र बाजेबाट भकारी बुन्न सिके । पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई जीविकोपार्जन गर्न पुगेको छ । र, उनी यसमा सन्तुष्ट पनि छन ।

बागलुङको काठेखोला गाउँपालिका–५बिहुँका दिलबहादुर परियार गाउँमा एक्ला सीपालु भने छैनन। उमेरले ६५ वर्ष पुगेका परियारको उमेर समूहका गाउँका अधिकांश ज्येष्ठ नागरिकमा यस्तो सीप छ । पहिले घरका लागि आफै चोयाका सामग्री तयार गर्नेहरु अहिले कम छन् । पछिल्लो समय बिक्रीका लागि समेत चोयाको सामग्री तयार हुन्छन् । सीप भएका सबैले अहिले डोका, डाला बुन्दैनन् ।

दिलबहादुर हिउँद बर्खामा खेतबारीको कामबाहेक फुर्सदको समयमा चोया बुन्छन । एक दिनमा तीन वटासम्म डोका तयार गर्ने दिलबहादुरले चोयाकै सामग्रीबाट हुने आम्दानीले घरखर्च चलाउछन। एउटै डोकाको मूल्य गाउँमा रु चार सयदेखि आठ सयसम्म पर्छ भने अन्य चोयाका तयारी सामग्रीको मूल्य आकार अनुसार फरक पर्छ ।

दिलबहादुरको जस्तै चोयाका सामग्री तयार गरेरै आम्दानी गर्ने गरेको अनुभव छ बागलुङ जैमिनी नगरपालिका–३ दमेकका ५७ वर्षीय सूर्यबहादुर पुनको पनि । उनले पनि निगालोको चोयाबाटै सामग्री बनाउछन । करिब २५ वर्ष पहिलेसम्म त उनको आम्दानीको मुख्यस्रोत नै चोयाका सामग्री नै थिए । दमेकमा तयार भएका चोयाका सामग्री स्याङ्जा र रुपन्देहीसम्म पुग्थे । भरिया लगाएरै डाला, नाङ्ला, डोका र भकारी बेच्न पुतलीखेतहुँदै बुटवल पुग्ने सूर्यबहादुर फर्किँदा घरखर्च खाद्यान्न, नून र तेल लिएर फर्किन्थे । अहिले पनि उनको हातको सीप रोकिएको छैन । अहिले तयार हुने सामग्री गाउँमै बिक्री हुन्छन् ।

बिहुँका दिलबहादुर, दमेकका सूर्यबहादुर मात्रै होइन बाबुबाजेबाट सीप हस्तान्तरण भएर जीविकोपार्जन गर्ने बागलुङमा धेरै छन् । उमेरले ६० नजिक रहेका उनीहरुबाट भने नयाँ पुस्तामा यस्तो सीप हस्तान्तरण भएको छैन् ।
“छोराहरुले हामीले जस्तो सीप सिकेनन्, पहिला पढेँ, अहिले विदेश छन्”, बिहुँका दिलबहादुर परियारले भने , “सीप सिक्ने समय नै भएन्, अहिले किन चाहियो भन्छन् ।”
बाबुबाजेका पालादेखिको सीप सिकेरै जीवन चलाएको अनुभव छ उनी सँग । दिलबहादुर चोयाका सामग्री मात्रै होइन पुख्र्यौली पेसा कपडा सिलाउन पनि माहिर छन। हातमा सीप भएकैले बुढ्यौलीसम्म पनि आम्दानी गरिरहेको अनुभव छ उनीसँग ।

“हामीलाई दुःखले सिकियो, छोराछोरी पढेपछि विदेश लागे”, दिलबहादुर भन्छन, “आफ्नै आँगनमा काम गर्दा मलाई त दुःख लाग्दैन् ।” युवाले पनि आफूहरुले जानेको सिकिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

दमेकका सूर्यबहादुर पुन पनि सीप हस्तान्तरण नभएकोमा दुःखी छन। उनका छोरा पनि वैदेशिक रोजगारीमा छन । युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा गाउँमा घरायसी प्रयोजनका लागि चाहिने चोयाको सामग्रीको ठाउँ बजारमा पाइने प्लास्टिकका सामग्रीले ओगटेको छ, भने निगालो, बाँस खेर गइरहेका छन् ।

“डालो, नाङ्लो प्लास्टिकको आउन थाले, हामीले बुनेको भन्दा सस्तो पर्छ, भकारीको ठाउँमा प्लाष्टिकका भाँडा प्रयोग गर्छन्”, पुन भन्छन, “युवाले सिकेनन्, बुढापाका सकिए पनि वनको निगालो वनैमा रहने त होला ।” व्यावसायिक बन्न नसके पनि घरायसी प्रयोजनका लागि मात्रै भए पनि युवाहरुले यस्तो सीप सिक्नुपर्ने उनको तर्क छ ।

युवापुस्ताले भने चोयाको सामग्री बनाउने सीपले आम्दानी नहुने तर्क गर्छन् । बागलुङका अधिकांश स्थानीय तहमा चोयाका लागि बाँस र निगालो पाइन्छ । ताराखोला गाउँपालिका निगाले बाँसबाट बनाइएको काईंयोबाटसमेत चर्चित छ । तर, पहिले जस्तै न डोको, डालो, नाङ्लो, भकारी र थुन्सेको प्रयोग हुन्छ न बाँसको काईंयोको । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा प्लास्टिकका सामग्रीले पौराणिक सीप विस्थापन गरिरहेको छ ।

Previous Post

गठबन्धन संकटमाः तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला

Next Post

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In