त्यो वेलामा महावीरप्रसाद द्विवेदी ‘सरस्वती’ नामक पत्रिकामा सम्पादन गर्थे । आफ्नो लेखनको कारण उनी धेरै प्रख्यात भइसकेका थिए । एक पटक एक सज्जनले उनलाई स्वदेशी चिनीका केही थैली उपहारस्वरुप दिए । ती महाशयले चिनीको थैली दिनुको पछाडि यो विचार थियो कि महावीरप्रसाद द्विवेदीले ‘सरस्वती’मा उनको प्रशंसामा केही यस्तो कुरा लेखिदिन् कि उनी शहरभरि चर्चित होउन् ।’
थैली दिएको केही दिनपछि ती सज्जन फेरि महावीरप्रसाद द्विवेदीलाई भेट्नको लागि आए र उनलाई आफ्नो थैलीको विषयमा याद दिलाए तब महावीरप्रसाद द्विवेदी मुस्कुराउँदै उठे र दराजबाट त्यो थैली निकालेर दिँदै भने, हेर, तिम्रो थैली मैले जस्ताको तस्तै राखेको छु । सस्वतीलाई व्यापारको साधन बनाएर म उनलाई लक्ष्मी समक्ष अपमानित गर्न सक्दिन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













