काले टेबुलमा पेप्सीको बोतल राखेर उदास हुँदै बोतलतर्फ हेरेर बसिरहेको थियो । यत्तिकैमा उसकी श्रीमती आई टेबुलमा राखेको पेप्सी पिई र कालेलाई सोधी — किन यसरी उदास भएको ?
कालेः के गर्नु आजको दिन नै खराब छ । एकाबिहानै तिमीसँग झगडा प¥यो । अफिस जाँदा बाटोमा बाइक दुर्घटना भएर झन्डै मरिनँ । अफिस पुग्ने बित्तिकै किन ढिला आएको भन्दै हाकिमले गाली गरेर जागिरबाट निकालिदियो । हार मानेर आत्महत्या गर्न भनेर पेप्सीमा बिष मिसाएर राखेको थिएँ । त्यही वेलामा तिमी आएर तिमीले पिइदियौँ ।
एक दर्जन केरा
शिक्षकः १५ ओटा फलफूलको नाम भन त जिग्री
जिग्रीः आँप ।
शिक्षकः राम्रो ।
जिग्रीः स्याउ ।
शिक्षकः धेरै राम्रो । भेरी गुड ।
जिग्रीः अंगुर ।
शिक्षकः तीन ओट भयो अरु १२ ओटाको नाम भन त ।
जिग्रीः एक दर्जन केरा ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













