१) मानिस वरदान प्राप्त गर्नका लागि भगवानसँग प्रार्थना गर्दछन् र भगवान्ले पनि प्रार्थना स्वीकार गरी कहिल्यै नथाकेर उदार मनले दिइरहन्छन् ।
२) जन सर्वस्व भगवानको नै हो भने उनको चरण कमलमा भला हामी के समर्पण गर्न सक्छौँ, उनको प्रेम पाउन हामी के पो गर्न सक्छौँ र ?
३) हाम्रो यो जन्म हाम्रा विगत जन्मको फल हो । तर निर्वाण त केवल भगवान्को कृपाबाटै पाउन सकिन्छ । तिमी यो जानिराख कि त्यो परम सत्य सबैको अन्तस्करणमा व्याप्त छ ।
४) ती सर्वव्यापी अधिपतिलाई तिमी कहिल्यै स्थापना गर्न वा हटाउन सक्दैनौ । ती असीम छन्, स्वतः स्वयम् पूर्ण छन् ।
५) प्रभुको महानताको यदि ज्ञान भइहाले पनि वाक्चातुर्यले तिनको बखान गर्न सकिन्न । मेरो गुरुले मलाई पाठ पढाउनु भएको छ कि प्रभु नै सबका स्वामी हुन तिनलाई कहिल्यै भुल्नु हुँदैन ।
६) भगवानको पूजा जो गर्दछन्, सर्वत्र तिनको आदर गरिन्छ । हे मानव ! तिमी ती सर्व–सद्गुण सम्पत्तिको नित्य गुणगान गर ।
७) आऊ हामी ती प्रभुको गुणगान गरौँ । प्रेम भक्तिमय हृदयले ती परमसत्तासँग एकरुप बनौँ । त्यसो ग¥यौँ भने हाम्रा सबै दुःखको अन्त्य हुनेछ र हामीलाई सानन्द आफ्नो धाममा पु¥याइनेछ ।
८) ती सर्वाधिपति शाश्वत गान अथवा दीव्य शब्दको अवतार हुन् । उनै वेद हुन् र उनै शास्त्र हुन् । उनी दिव्यतत्वले परिपूर्ण छन् । उनी शिव हुन्, उनी विष्णु हुन् र हुन् ब्रह्मा पनि र साथै उनको लीला सहचरी हुन् पार्वती, लक्ष्मी र सरस्वती हुन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













