तनहुँ । तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहान ६ बजेसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । ९ हजार २४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३५१ मत ल्याएका छन् । त्यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याएकी छन् ।
रास्वपाका वाग्ले र कांग्रेसका भट्टराईबीच २ हजार ६६८ मतको अन्तर छ ।
१ लाख २३ हजार ४९० मतदाता भएको तनहुँ- १ मा उपनिर्वाचनमा ५३ प्रतिशत मात्र मत खसेको छ । गत मङ्सिर ४ गतेमा भएको निर्वाचनमा भने यस क्षेत्रमा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो ।
यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् भने ६९ मतदान स्थल र १५२ मतदान केन्द्र रहेका छन् ।हालसम्म वडा नम्बर १,२,३,४,७ र १० को मतगणना सम्पन्न भइसकेको छ ।













