• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो

by
९ बैशाख २०८०,
0
१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ ।

गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु प्रदूषणले गर्दा १५ दिनमा नै कालो भएको हो । वायु प्रदूषण गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो राखिएको थियो । उक्त फोक्सो आज १५ दिनपछि झिकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमा नै फोक्सो कालो देखिनुले यहाँ वायु प्रदूषण धेरै नै भएको बताए । “फोक्सो १५ दिनमा नै कालो भएको छ । यसबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने असरलाई बुझ्न सहज भएको छ”, उनले भने, “यसले फोक्सोलाई कति खराब गरेको छ भन्ने हामीले परीक्षण गर्नेछौँ ।”

उनले १५ दिनमा नै फोक्सो कालो भएपछि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोका साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेट आदिको प्रयोग रहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कणसमेत समावेश हुन्छन् ।

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।

प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकाले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

“वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्नुपर्ने हुन्छ । तत्काल यसका लागि मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहने, विद्युतीय चुलो र सवारीसाधनको प्रयोग गर्ने, फोहर नजलाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ”, उनले जारी गरे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दीर्घकालीनरूपमा व्यवस्थित सहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख बिरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ । विज्ञप्तिमा स्वास्थ्यमा वायु प्रदूषणको प्रभावबारे सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्य गर्न सबै सरोकारवालाको निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो ।

Previous Post

भारतको छिमेकी नीतिमा नेपाल उच्च प्राथमिकतामा

Next Post

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In