हरिबहादुरले घरको ढोका निकालेर काँधमा बोकेर जाँदै थियो । बाटोमा धुर्मुससँग भेट भयो ।
धुर्मुसः किन ढोका बोकेर हिँडेको ? बेच्न लगिसकी क्या हो ?
हरिबहादुरः साँचो हरायो त्यही भएर नयाँ लक फिट गर्न लैजाँदै छु ।
धुर्मुसः अनि घरभित्र चोर पस्यो भने नि ?
हरिबहादुरः कसरी पस्छ ? ढोका त मसँग छ ।
श्रीमान र श्रीमती
श्रीमतीः कहाँ हुनुहुन्छ ? घर आउने वेला भएन ?
कालेः ६ महिना अघि तिम्रो जन्म दिनमा एउटा बुटिकमा गएका थियौँ । जहाँ तिमीलाई एक जोर कुर्ता सुरुवाल मन परेको थियो ।
श्रीमतीः हो र ?
कालेः अनि त्यति खेर मसँग पैसा नभएर नकिनी फर्किएका थियौँ नि ।
श्रीमतीः खुशी हुँदै हो !
कालेः हो, त्यसको दाहिने पट्टीको सैलुनमा कपाल काट्दै छु । अलिकति ढिला हुन्छ । बरु भन न के पकाएकी छौ ?
श्रीमतीः रिसले चुर हुँदै विष ।
कालेः त्यसो भए तिमी खाएर सुत । मलाई भोक लागेको छैन ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













