• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार

by
९ बैशाख २०८०,
0
आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेशअन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–२ का मधेसी दलित युवा महादेव पासवानले पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस) मा नाम निकालेका छन्। इन्स्टिच्युट अफ मेडिसिन ९आइओएम० ले लिएको प्रवेश परीक्षामा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

महादेवले महोत्तरीको लचमु माध्यमिक विद्यालय जलेश्वरबाट ४.० जिपिए ल्याई एसइई उत्तीर्ण गरेका हुन्। २०७६ सालमा एसइई उत्तीर्ण गरेका उनले जनकपुरधामको राजर्षि जनक क्याम्पसबाट २०७९ मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनले कक्षा ११ मा ३.७१ जिपिए र कक्षा १२ मा ३.३० जिपिए ल्याएका थिए।

विक्रम पासवनका तीन सन्तानमध्ये महादेव दोस्रा हुन्। महादेवकी दिदीको विवाह भइसकेको छ। कान्छा भाइले यसपालि एसइई दिए। महादेवको स्कुल, कलेज र मेडिकल तयारी बहुत मुस्किलले गरेका हुन्। आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारको जग्गाजमिन छैन।

सम्पत्तिका नाममा ओत लाग्ने एउटा सानो घर छ। कक्षामा पहिलो हुने भएकाले स्कुल पढ्दा महादेवलाई खर्च लागेन। ‘छोरा सधैं कक्षामा प्रथम हुँदै आएकाले कापीकलम पनि किन्नुपर्दैनथ्यो,’ विक्रम भन्छन्, ‘पूर्ण छात्रवृत्ति दिइएको थियो। घरबाटै कलेजको बसले ल्याउने–पु-याउने गथ्र्यो।’

प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि काठमाडौं गई नेम्समा पढ्ने धोको महादेवको थियो। तर आवश्यक रकम जुटाउन नसक्दा उनले थोरै शुल्कमा अनलाइनमार्फत पढ्ने निधो गरे। कमजोर आर्थिक अवस्था भए पनि क्षमतावान् विद्यार्थी भनेर पहिचान गरेपछि नेम्सले अनलाइन पढाइबापतको शुल्क लिएन।

घरमै राम्ररी अध्ययन गरेर उनी एमबिबिएसमा दलित मधेसी आरक्षण कोटामा नाम निकाल्न सफल भए। एमबिबिएसको प्रवेश परीक्षामा ८६।५ अंक ल्याएका उनले पूर्ण छात्रवृत्तिमा कर्णाली प्रदेशको मेडिकल कलेजमा पढ्ने अवसर पाएका छन्। आफूले खुलामै नाम निकाल्न सक्ने भए पनि आरक्षणको व्यवस्थाले समय बचाइदिएको महादेव बताउँछन्। उनका अनुसार खुलामा नाम निकाल्न अर्को वर्ष वा त्योभन्दा बढी समय पर्खनुपथ्र्यो।

छोराले पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकालेको विक्रम खुसीसँगै चिन्तित छन्। चिन्ताको कारण हो, खर्च व्यवस्थापन। छोरालाई कर्णाली पठाउँदा लाग्ने खर्चको जोगाड गर्न नसकेर उनी रन्थनिएका हुन्। ‘किताब, कापी, बस्नेखाने खर्च आफैंले बेहोर्नुपर्छ,’ उनी भन्छन्, ‘छोराले आफ्नो काम गरिसक्यो। अब मेरो पालो छ। कहाँबाट खर्च जोहो गर्नु भन्ने भइरहेको छ। मेरै कारणले छोराको डाक्टर बन्ने सपना पूरा नहुने हो कि भन्ने डर छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

Previous Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

Next Post

हेल्थ टिप्सः शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने लसुन कसरी खाने ?

सम्बन्धित खबर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
Load More
Next Post
हेल्थ टिप्सः शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने लसुन कसरी खाने ?

हेल्थ टिप्सः शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने लसुन कसरी खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In