• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेश सरकारले गर्यो एक सय दिनका उपलब्धि सार्वजनिक

by
८ बैशाख २०८०,
0
गण्डकी प्रदेश सरकारले गर्यो एक सय दिनका उपलब्धि सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ वैशाख । गण्डकी प्रदेश सरकारले हनिमुन पिरियडमा सरकारका सामान्य कामलाई पनि उपलब्धिका रुपमा राखेको छ । सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएर समय खेर फालेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एक सय दिने उपलब्धिमा सामान्य अनि नियमित कामलाई समेत समावेश गरेका हुन् ।

आफू नेतृत्वमा सरकार बनेको दुई महिनामै अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले एक सय दिनको १४ बुँदे उपलब्धिमा मन्त्रालय संख्या घटाउनेदेखि ऐन बनाउने सम्मका कामहरु राखेका हुन् । मुख्यमन्त्री अधिकारीले शुक्रबार पत्रकार भेटघाट गरी सार्वजनिक गरेको एक सय दिने उपलब्धिमा मन्त्रालय संख्या घटाउने विषयलाई प्राथमिकताका साथ राखेका छन् । उपलब्धिको पहिलो बुँदामै उनले यसअघि १२ मन्त्रालय रहेको प्रदेशमा ७ मन्त्रालयमा झारेर प्रशासनिक खर्च घटाएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालय घटाउँदा वार्षिक ७० देखि ८० करोड रुपैयाँ प्रशासनिक खर्च घट्ने दाबी गरे । ‘हामीले संयुक्त सरकार चलाउने बाध्यताका बाबजुद मन्त्रालय संख्या घटाएर प्रशासनिक खर्च घटाएका छौं’–उनले भने । त्यस्तै, सरकारले यो बिचमा चार वटा ऐन बनाएको भन्दै यसलाईपनि उपलब्धिका रुपमा व्याख्या गरेको छ । यसबिचमा प्रदेश निजामती सेवा ऐन, गण्डकी प्रदेश निजामती सेवा नियमावली, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन र केहि प्रदेश कानून संसोधन ऐनमार्फत ३४ वटा ऐनहरुको संसोधन गरेको मुख्यमन्त्री अधिकारीले बताए ।

सरकारले ठोस उपलब्धि हाँसिल नगरेपछि कोभिड प्रभावित व्यवसायीहरुको कर्जामा व्याज सहुलियतका लागि व्यवसाय जीवन रक्षा कोषमा १३ करोड रुपैयाँ निकासा गरेको विषयलाई उपलब्धीको छैटौं बुँदामा राखेको छ । उसले साहसिक पर्यटन, प्याराग्लाईडिङ, बञ्जीजम्प, क्यानोईङ, कृषि पर्यटन, पर्या पर्यटन, ग्रामिण पर्यटन लगायतको विकासमा जोड दिएर लगानीको वातावरण तयार गरेको दाबी गरेको छ । यसले पर्यटनको विकासमा महत्वपूर्ण आधारशीला खडा गरेको मुख्यमन्त्री अधिकारीले दाबी गरे ।

प्रदेश सरकारको एक सय दिनको उपलब्धिमा औद्योगिक ग्राम स्थापना, व्यवसाय जीवन रक्षा कोषमार्फत कर्जा प्रवाह गरेर सरकारले रोजगारी सिर्जना गर्दै गरिवी घटाउन र आय वितरणमा रहेको असमानता हटाउन भूमिका खेलेको भन्दै समावेश गरिएको छ । त्यस्तै, संघ सरकारले कृषि र पशु बीमा कार्यक्रम अन्तर्गत कृषकको कुल लागतको ८० प्रतिशत बेहोर्ने गरेकोमा प्रदेश सरकारले २० प्रतिशत बेहोरेर निशुल्क बनाएको विषयलाई पनि उपलब्धिमा राखिएको छ ।

विगतको सरकारले अगाडि बढाएको उज्यालो प्रदेश कार्यक्रमलाई निरन्तरता दिएको, विद्युतीय चुल्हो वितरणमा अनुदान, नवीकरणीय उर्जाको प्रयोगमा प्रोत्साहन गर्न जोड दिएको, स्वच्छ खानेपानी पुर्‍याउने अभियानलाई निरन्तरता दिएको, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको, लिफ्टिङ खानेपानीको विद्युत महशुलमा अनुदान प्रणाली लागु गरी निशुल्क बनाएको विषयलाईपनि सरकारले प्राथमिकतामा राखेर उपलब्धिमा समेटेको छ ।

गण्डकी सरकारले गर्भवती महिलालाई हेलिकप्टर लिफ्टिङ, पोषण कार्यक्रम, निशुल्क डायलाईसिस लगायतका कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमपनि उपलब्धिमा समावेश छ ।

संघको छायाँमा प्रदेश : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा संघको छायाँ परेको टिप्पणी गरेका छन् । केन्द्रमा गठबन्धन टुटेपछि त्यसको बाछिटा गण्डकी प्रदेशमा परेर आफ्नो सरकार गुम्ने अवस्थामा पुगेपछि उनले शुक्रबार पोखरामा पत्रकारहरुसँग भने,‘नेपाल सरकारको छायाँ प्रदेश सरकारमा परेको छ । केन्द्रका पार्टीहरुबीचको समस्याले प्रदेशमापनि प्रभाव पर्नु गलत हो । यसले संघीयता बलियो बनाउँदैन’–उनले भने ।

मुख्यमन्त्री अधिकारीले यसले देशमा अस्थिरता निम्तिने र संघीयता कमजोर बन्ने बताए । यहाँका कारणले त होईन नि हाम्रो सरकार गएको,उनले भने,‘प्रदेश छुट्टै सरकार हो भन्ने कुराको अनुभूति हुने अवस्था हुनुपथ्र्यो । आफ्नो छुट्टै निर्णय गर्ने अधिकार हुनुपथ्र्यो तर अहिले त त्यस्तो छैन ।’ उनले आफू नेतृत्वको सरकार गएकोप्रति आफूलाई कुनै दु:ख नलागेको उनले बताए । मेरो सरकार जाने कुराको पर्वाह मलाई छैन,उनले भने,‘म सत्ताको मोह राख्ने, लोभी व्यक्ति होईन । तर यसले संघीयता कमजोर बनाउँछ ।’

Previous Post

झुटो समाचार बनाउने युट्युव च्यानलबिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

Next Post

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In