काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आरिफ शेख एक रन पनि नबनाईकनै आउट भएका छन् । लगातार दुई ओभर रन बनाउन नसकेको नेपालले तेस्रो ओभरमा विकेट गुमाएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले शून्यमै कुशल भुर्तेललाई गुमाएको हो । ३।२ ओभरमा बिलाल खानले कुशललाई आउट गराएपछि नेपाल दबाबमा आएको छ । १० बल सामना गरेका आरिफ शेख बोल्ड भएका थिए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र भीम सार्की छन् । नेपालले दुई विकेट गुमाएर २९ रन बनाएको छ ।
नेपाली टिममा एक खेलाडी परिवर्तन भएको छ । गुल्सन झाको स्थानमा ओमानविरुद्ध करण केसीले खेल्ने भएका हुन् । १० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।













