जे. कृष्णमूर्तिका केही अमर वाणीहरुः
१) सम्वेदनशील बन्ने प्रयत्न जो व्यक्ति गर्दछ, त्यो असभ्य हो, संवेदनाहीन हो र रुखो हो । बोध गर्ने क्षमता बलपूर्वक ल्याउन सकिन्न ।
२) यस्तो वातावरण निर्माण गर्नमा सहयोग दिनुहोस् जसमा बालक स्वतन्त्रता र निर्भयतापूर्वक हुर्किन सकून् ।
३) स्वतन्त्रता र प्रेम दुवै सँगै हिँड्छन् । यदि म तपाईंलाई यस कारण प्रेम गर्दछु कि तपाईं मलाई प्रेम गर्नुहुन्छ तब यो त व्यापार भयो । यो प्रेम होइन । प्रेम गर्नुको अर्थ हो हामी त्यसको सट्टामा केही नमागौँ ।
४) प्रेमको अनुपस्थितिमा स्वतन्त्रता केवल विचार मात्र हो, जसको कुनै अर्थ छैन ।
५) वासनाको मूल कारण के हो र मैले यसबाट कसरी मुक्ति पाउँछु ? वासनाबाट मुक्तिको चाहना पनि वासनाकै एक भाग हो ।
६) तपाईंले चाहनाको पीडा, क्लेश, संघर्ष, चिन्ता र भयबाट आफूलाई मुक्त राख्ने हो भने त्यसबाट केवल इच्छाको आनन्द बाँकी रहन्छ । के तपाईं यस्तो इच्छाबाट मुक्त हुन चाहनुहुन्छ ?
७) भलो कुभलोको विपरित वस्तु होइन । जब कुभलो पूर्णतः समाप्त हुन्छ अनि मात्र भलाइ प्रकट हुन्छ ।
८) वास्तविक शिक्षाले तपाईंलाई संस्कारयुक्त हुनमा मद्दत मात्र गर्दैन, बरु त्यसले तपाईंलाई दैनिक जीवनका सम्पूर्ण प्रक्रियालाई बुझ्न पनि मद्दत गर्दछ । जसबाट तपाईं स्वतन्त्र रुपमा अघि बढ्नुहोस् र नयाँ विश्वको निर्माण गर्न सक्नुहोस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













