शिक्षकः राम भन त काल कति प्रकारको हुन्छ ?
रामः ३ प्रकारको सर ।
शिक्षकः स्याबास अब तिनैवटाको एक एक ओटा उदाहरण देऊ त ।
रामः सर मैले हिजो तपाईंकी छोरीलाई देखेको थिएँ, आज उनलाई माया गर्छु, भोली उनलाई भगाएर लान्छु ।
चिठ्ठा परेको छ
हरिबहादुर र उसकी श्रीमतीको सधैँ झगडा परिरहन्थ्यो । एक दिन हरिबहादुरले भन्यो— आज मलाई चिठ्ठा प¥यो के गर्ने ?
श्रीमतीः आधा आधा बाडौँ । अनि म सदाको लाग माईत जान्छु । तपाईं पनि खुसी र म पनि खुसी ।
हरिबहादुरः चिठ्ठामा दुई सय रुपैयाँ परेको छ । यो एक सय लिएर जाऊ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













