हरिबहादुर र धुर्मुसले आर्मीको तालिम लिँदै थिए । तालिम लिने अफिसरले हरिबहादुरलाई सोध्यो — भन त हरिबहादुर तिम्रो हातमा के छ ?
हरिबहादुरः बन्दुक छ सर ।
अफिसरः यो केवल बन्दुक मात्र होइन । यो तिम्रो शान हो तिम्रो इज्जत हो । अनि भन त धुर्मुस तिमीले के बोकेका हौ ?
धुर्मुसः हरिबहादुरको शान, ईज्जत सर ।
टेबुल र चप्पल
स्टडी टेबलमा सुतिरहेको छोरालाई चप्पले हिर्काउँदै—
बुवाः यो टेबल पढ्नका लागि हो । सुत्नका लागि होइन ।
छोराः अनि यो चप्पल पनि खुट्टामा लगाउनको लागि हो, कुट्नका लागि होइन ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













