लोकप्रिय अमेरिकी संगीतकार जर्ज गर्शविन बाल्यकालमा चित्रकार बन्न चाहन्थे, तर आफ्नी आमाको ईष्र्याको कारणले उनी संगीतकार बने । त्यस बखत पियानो उच्च सामाजिक दर्जाको संकेत स्टटेस सिंबल हुने गथ्र्यो । त्यसैले जब एक आफन्तले पियानो किने, तब गर्शविनकी आमाले पनि पियानो किनेर ल्याइन् । उहाँको ईष्र्याले, अमेरिकी संगीतको इतिहास बदलिदियो, किनकि यदि उहाँले पियानो नकिनेको भए, उहाँको पुत्र जार्ज संगीतकार बन्ने थिएनन् ।
जर्जलाई सफलता रातारात मिल्यो । उनले आफ्नो पहिलो गीतलाई पाँच डलरमा बेचे । आफ्नो पहिलो लोकप्रिय हिट गीत ‘स्वानी’ लेख्नुभन्दा पहिला उउनले सयौँ गीत लेखिसकेका थिए । ‘स्वानी’ पनि एकदमै सफल भएन । अल जोनसनलाई छोडेर कसैले पनि यसतर्फ ध्यान दिएनन् । नौ महिनापछि जब अल जोनसनलाई एउटा हिट गीत गाउनु थियो, तब उनले ‘स्वानी’ गाए र पाँच मिनेटमा नै एउटा असफल गीतलाई प्रख्यात बनाए । लाखौँ मानिसहरु यसको रेकर्डको धुनमा बाँच्न थाले । त्यति वेला गर्शविन एक हप्तामा पैतीस डलर कमाइरहेका थिए र जब ‘स्वानी’ को लागि उनलाई साठी हजार डलर मिल्यो, तब उनी अचम्ममा परे ।
गर्शविनले आफ्नो सबैभन्दा लोकप्रिय रचना ¥याप्सोठी इन ब्लु निकै दिन लेखे । पल ह्वाइटम्यानले गर्शविनसँग एउटा सम्मानजनक ज्याज रचना गर्न आग्रह गरेका थिए तर गर्शविन त्यस क्षण एउटा साङ्गीतिक कमेडी लेखिरहेका थिए, त्यसैले उनले ज्याज लेख्ने बिर्सिए । एक दिन जब उनले पत्रिकामा पढे कि उनी ज्याज संगीतको रचना गरिरहेका छन्, तब उनलाई ह्वाइटम्यानको आग्रह याद आयो र उनले खाली समयमा ¥याप्सोठी इन ब्लु लेखे, जसले अमेरिकालाई पारम्परिक संगीतको कैदबाट मुक्त गरिदियो ।
साभारः ‘सफलता’ पुस्तकबाट













