• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव सम्पन्न

by
३ बैशाख २०८०,
0
एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते (शनिबार) काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव- पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ।

नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो कामु भन्ने नाराका साथ उक्त महोत्सव आयोजना गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) का पदाधिकारीहरूले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवर्द्धन एवम् संरक्षणमा सहयोग गर्ने महोत्सवको मुल उद्देश्य थियो।

काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथै महोत्सवको औपचारिक शुभारम्भ बिहान ११ बजे भएको थियो। कार्यक्रम बेलुकी ९ बजेसम्म आयोजना गरिएको थियो। गीत-संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र रमाइला गतिविधिहरू आयोजना गरिएको थियो। कार्यक्रम सुरू भएदेखि बेलुकासम्म एक लाख ५० हजारभन्दा बढि मानिसहरूले महोत्सवमा भाग लिएका थिए।

महोत्सवमा विभिन्न गायक(गायिका, कलाकार तथा सांगितिक समुहहरूले आ-आफना प्रस्तुति दिए। कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्को प्रस्तुति थियो।

यसका साथै महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरू पनि प्रर्दशनीमा राखिएका थिए।

बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरू सहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन-प्रस्तुतिका स्टलहरू महोत्सवको आकर्षणमा थियो। यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। महोत्सवमा आउने सबैकालागि फोटा तथा भिडिओ बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएको थिए।

महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो। सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडिज् आइसक्रिम थिए।

पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ।

Previous Post

महालक्ष्मी विकास बैंकका तीन शाखाद्वारा सहयोग

Next Post

नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक

सम्बन्धित खबर

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
Load More
Next Post
नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक

नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In