प्रफुल्लचन्द्र राय पक्का राष्ट्रभक्त थिए, साथै समाज सेवी पनि । कुरा त्यो बेलाको हो जब उनले बंगाल केमिकल्स कम्पनीको स्थापना गरेका थिए । त्यो बेला मानिसहरुको आमधारणा थियो, विदेशी औषधीको अगाडि स्वदेशी औषधी राम्रो हुँदैन । तर प्रफुल्लचन्दले संकल्प गरे उनको कम्पनीमा बनेको कुनै पनि औषधी कुनै विदेशी औषधीभन्दा कुनै पनि हिसाबले कम छैन ।
एक पटक कैयौँ सय बोतल औषधीको झोल कारणवश बिग्रियो । कारखानाको एक कर्मचारीले भने, झोल केही मात्रामा बिग्रेको छ । कसैलाई थाहा हुँदैन, त्यसैले पठाउँ बजारमा, सजिलै बिक्नेछ, अन्यथा कम्पनीलाई ठूलो नोक्सान हुनेछ ।
प्रफुल्लचन्द रिसाए र दृढताले विरोध गर्दे भने, सानो नोक्सानबाट बच्ने कोसिसमा हाम्रो प्रतिष्ठामा आँच आउने या मानिसको नोक्सान हुने कुरा म सहन सक्दिनँ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













