• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपेन्द्रको तिकडम चल्ला त यसपटक बारामा ?

by
२९ चैत्र २०७९,
0
संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मधेसका प्रचण्ड गर्मिसँगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ। सबै उम्मेदवार विभिन्न नाराका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन्। तर यस पटक, बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुद्दा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरूलाई जिताउने कि स्थानियलाई चुन्ने भन्ने बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल काठमाडौँबाट हारेका नेता हुनुहुन्छ भने उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर मतले सिके राउतबाट हारेका।

यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ छ , न मधेसी आन्दोलनका माग वा अधिकारको मुद्दा। बाराको क्षेत्र नम्बर २ मा अहिले चुनावी मुदा ‘स्थानिय कि आगन्तुक’ उम्मेदवार भन्ने बहस चलिरहेका छन। २०६४ सालमा मोरङ, २०७० मा सुनसरी र २०७४ मा सप्तरीको क्षेत्र नं–२ बाट लडेका उपेन्द्र यादवले यसभन्दा पहिला मधेस आन्दोलनको रापतापमा दुई पटक चुनाव जित्नुभएको थियो भने २ पटक चुनाव हार्नु भएको थियो।

चुनाव जितेर गएपछि मतदातासँग टाढिने आरोप उपेन्द्र यादव माथि लाग्ने गरेको छ। आसेपासेको सल्लाहबाट गत चुनावमा क्षेत्र परिवर्तन नगरी सप्तरीको क्षेत्र नम्बर २ बाट नै चुनाव उठनु भयो। कार्यकर्ताहरू सबै बल लगाएर चुनाव जिताउने कोशिश पनि गरे। तर चुनावी परिणाम विपक्षमा आएपछि पार्टीकै आसेपासेले धोखा दिए भनेर आक्रोस पोख्दै हिड्नु भएका उपेन्द्र यादव पुन सत्तामा पुग्न अर्को जुक्ति लगाएर चुनावी भीडन्तमा हुनुहुन्छ।

शिक्षा पेशाबाट राजनितिमा आएका र मधेस आन्दोलनमा वीरगञ्जको मितेरी पुललाई आन्दोलन भरी कर्मक्षेत्र नै बनाएर बस्नु भएका यस क्षेत्रका पूर्व सांसद तथा वर्तमान उपराष्ट्रपति रामसहायप्रसाद यादवको बारा क्षेत्र नम्बर दुईमा आफ्नै खालको लोकप्रियता छ। जसको परिणाम स्वरुप पार्टीबाट बागी नै उठदा पनि उहाँ चुनाव जित्न सफल हुनुभयो तर यस क्षेत्रमा ओर्लेका उपेन्द्र यादवलाई भने घुमन्ते नेताको संज्ञा दिन थालिएको छ।

बिगतमा ओलीलाई मधेस बिरोधी बताउने उपेन्द्र यादवले गएको चुनावमा ओलीसँगै गठबन्धन बनाउनुभयो। उहाँका उम्मेदवार तथा कार्यकर्ता एमालेलाई गंगाजल छर्केर शुद्ध बनाउदै मधेस प्रेमी बनाउने चुनावी अभियानमा लागे तर दोब्बर भोटबाट उपेन्द्र यादवनै हारेपछि उहाँको यो रणनीति गलत भएको आरोप पार्टीमा लाग्यो।

हरेक निर्वाचनमा उपेन्द्र यादवले क्षेत्र परिवर्तन गर्ने भएकाले स्थानिय मतदाताले बिश्वास गर्ने आधार समाप्त हुँदै गएको देखिन्छ। यसपाली उपेन्द्र यादवलाई बारा जिल्लाको चुनावी लडाइ फलामको चिउरा चपाउनु सरह भएको छ।
उपेन्द्र यादव आफैमा एक सशक्त उम्मेद्वार मात्रै होइन, जसपाको अध्यक्ष पनि हुनुहुन्छ, मधेश आन्दोलनको नेतृत्वकर्ता पनि हुनुहुन्छ।

मधेश आन्दोलनको उपलब्धि कति भयोरभएन भन्ने विषयमा बहस आफ्नो ठाउँमा छ। तर, उपेन्द्र प्रति सर्वसाधारण जनताको हेराइ समयसँगै खस्किदै गएको छ।चुनावी क्षेत्रसँगै हालै भएको मन्त्रीमण्डल बिस्तारमा देखिएको पार्टी भित्रको खिचलोले गर्दा पनि उनीमाथि असन्तुष्टि पनि बढदै गएको छ। यसलाई चिर्नमा उहाँ कति सफल हुने हो, त्यो त निर्वाचनको परिणामबाट स्पष्ट हुन्छ।

बारा क्षेत्र नम्बर २ मा यादव जातिको बाक्लो उपस्थिति छ। मधेस प्रदेशका मुख्यमन्त्री पदको रापताप र यादव जातीको भोटको कारण जित्ने आशामा हुनुहुन्छ उपेन्द्र यादव।लोकतान्त्रिक प्रणालीमा चुनाव जित्न व्यक्तिको व्यवहार र कार्यकुशलताको आधार चाहिन्छ।त्यही आधारमा जनताले मतदान गर्छन्। यसपल्ट, जातिगत आधारमा मत खोज्ने उम्मेद्वारलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ। खासगरी, बाराको चुनावमा ‘स्थानिय कि आगन्तुक’यादव कि गैर यादव बिचको ध्रबिकरण क्रमश गोलबद्ध हुनासाथ अल्पसङ्ख्यक जातिहरू पनि गोलबद्ध कुराहरू पनि उठिरहेको छ।

मधेसी जनअधिकार फोरमको स्थापना कालदेखि अनवरत अध्यक्ष पदका स्थापित नेता उपेन्द्र यादव।समय परिवेशसँगै रङ्ग परिवर्तन गर्ने खुबि भएकै कारण १५बर्ष देखि आफ्नो विरासत कायम राख्न सफल हुनुहुन्छ उपेन्द्र यादव । राजनैतिक समय सापेक्ष बोली फेर्ने गजबको खुबि छ उपेन्द्र यादवको । त्यसै पार्टी जति पटक जुटे–टुटे पनि आफ्नो बिरासत बचाउदै आएका हुन। तर अध्यक्ष यादव प्रति यस पटक मधेसको मोहभङ्ग भएको छ।

सप्तरीको अप्रत्यासित हारपछि उपेन्द्र यादव आफ्नो बिरात जोगाउन अन्तिम लडाइमा ओर्लेका कतिपयको अनुमान पनि छ। बारा नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव लडेका यादवसँग राष्ट्रिय नेता भनाउनु बाहेक केही मुद्दा छैन। सविधानसभाको घोषणा पछि बनेको प्रधानमन्त्री ओलीको पहिलो बामसरकारमा उपप्रधानमन्त्री बने पनि प्रचण्ड भक्तिको कारण उहाँलाई ओलीले गलत्याएरै सरकारबाट हटाएकै हो।

त्यसलगतै पार्टी फुटन थाले पछि विभिन्न शक्तिकेन्द्रमा हारगुहार गर्दै महन्थ ठाकुरसँग एकिकरण गर्नुभयो। तर ओली प्रतिगमकारी भए भन्दै पुन पार्टीलाई बिभाजन गराउन प्रचण्डसँग टासिनु भयो र शेरबहादुरको गठबन्धन सरकारमा समावेस हुनुभयो। तर एक्कासी रातारात उत्तरी दिशाबाट आएको निर्देशनले उपेन्द्र प्रतिगामी एमालेसँगको गठबन्धनमा गरेको आरोप समेत मधेसमा चुनावी मुद्दा बनेको छ।

नागरिकता विधेयक लगायत प्रदेशलाई असफल बनाउने अभियानमा लागेको एमाले मधेस बिरोधी भएको बिषयहरू जसपालाई चुनावी मैदानमा गाह्रो बनाएको जानकारहरूको भनाइ छ।

Previous Post

पाकिस्तानको राष्ट्रियसभाबाट संविधान रक्षाको प्रस्ताव पारित

Next Post

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

सम्बन्धित खबर

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
Load More
Next Post
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In