दिल्ली सिंहासनमा त्यो वेलामा गुलाम वंशीय बादशाह नसीरुद्दीनको शासन थियो । उनी बडो नीतिनिष्ठ एवं पुरुषार्थी शासक थिए । पुस्तक लेखेर उनको जुन आय हुन्थ्यो, त्यसैबाट उनी आफ्नो जीवन निर्वाह गर्थे । राज्यकोषबाट उनले कहिल्यै पनि एक पैसा आफ्नो या आफ्नो परिवारको निजी खर्चको लागि लिएनन् । मुसलमान शासकको रीतिरिवाज विपरित उनकी एक मात्र पत्नी थिइन् । नोक कोही थिएनन् । भान्सा पनि श्रीमतीले नै तयार पार्नुपथ्र्याे ।
एक पटक भात पकाउँदा पकाउँदै उनको हात पोल्यो । उनले बादशाहलाई केही दिनको लागि नोकर्नी राख्ने कुरा गरिन् तब बादशाहले जवाफ दिए, राजकोषमा मेरो कुनै अधिकार छैन । त्यो त प्रजाको धरोहर हो । त्यो पैसा म आफ्नो खर्चको लागि प्रयोग गर्न सक्दिनँ । मेरो कमाइ यति धेरै छैन जसले म कुनै नोकर राख्न सकूँ । तिमी नै भन हामी नोकर कहाँबाट राख्न सक्छौँ ? आफ्नो पतिको कुरा सुनेर उनकी स्वास्नी प्रभावित भइन् ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













