• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागमती पुल निर्माण आगामी वर्षबाट

by
२६ चैत्र २०७९,
0
बागमती पुल निर्माण आगामी वर्षबाट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ। झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो।

चालु आवमा डिजाइन सकाएर अर्को वर्ष लाग्नासाथ निर्माणमा जाने योजना बनाइएको हो। केही समय पहिले ‘होल’ खोपेर माटो परीक्षण गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। कस्तो पोल राख्ने भनेर माटो जाँच भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए।

कस्तो पुल बनाउने, कुन कुन संरचना कहाँ र कसरी गर्ने भनी डिजाइन भइरहेको उनले बताए। काम सुरु गर्नुअघि यसअघि सो पुल निर्माणमा संलग्न निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएको संरचना भत्काउनुपर्ने उनको भनाइ छ।

विसं २०७९ असार १० मा सम्झौता भएको सो ठेक्काको जम्मा अवधि ४२ महिना छ। अहिले सञ्चालनमा रहेको बीचको पुलको दुवैतर्फ पुल बनाउने गरी एउटै निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको छ। डिजाइन स्वीकृत भएसँगै निर्माण हुनेछ।

करिडोर निर्माण गरिरहँदा बाधा पुग्ने भनेपछि केही समय कुरिएको सूचना अधिकारी जोशीले बताए। उनले भने, ुहामीले काम नसकाएसम्म होल खोप्न पाइँदैन भनेर रोकेर त्यो सकिएपछि नै होल खोपिएको छ।ु

यो आवमा डिजाइनमा नै लाग्ने र त्यो सकिएपछि आगामी आवबाट मात्रै भौतिक काम हुनसक्ने देखिएको आयोजनाले जनाएको छ। डिजाइन सकिँदासम्म वर्षा सुरु हुने भएकाले खन्ने काम गर्न नहुने उनले बताए।

कम्पनीले डिजाइन बुझाएपछि आयोजनाबाट क्षेत्रीय हुँदै विभाग पुगेर त्यहाँबाट स्वीकृत भएपछि मात्रै निर्माणमा जान सकिने छ। डिजाइनका क्रममा कुनै कुरा नमिलेको पाइएमा कहिले आयोजनाले फर्काउने, कहिले क्षेत्रीय त कहिले विभागले फर्काउने गरेका छन्। उनले भने, ुडिजाइनको स्वीकृतिका लागि सँगै बसेर छलफल गर्ने चलन हुँदैन, कहिले के मिलेन भनेर फर्किरहँदा पनि डिजाइनमा बढी समय लाग्छ।ु

आयोजनाले यसअघि नै विगतमा काम गरेको कम्पनीसँग भएको धरौटी र बैंक ग्यारेन्टी जफत गरिसकेको छ। कम्पनीसँग ठेक्का तोडिएपछि उसले बिगारेको संरचना भत्काउन र बनाउन लाग्ने लागत बोहर्नपर्ने हुन्छ। असुल हुन बाँकीलाई बाँकी असुल सरह गरी अर्थ मन्त्रालयअन्तर्गत कुमारीचोक तथा केन्द्रीय कार्यालय पठाइएको छ।

पहिले पनि निर्माण कम्पनीले कहिले काम नगर्ने त कहिले डिजाइनभन्दा फरक निर्माण गर्दा लामो समयसम्म अलपत्र परेको सो आयोजनामा हाल कार्यरत निर्माण कम्पनी पनि अहिले कालोसूचीमा परेको छ। ठेक्का भएर पछि मध्यपहाडी राजमार्गमा पुल नबनाएर कम्पनी कालोसूचीमा परेको छ।

पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो। निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी ९डिजाइन एण्ड विल्ड० मार्फत निर्माण गरी ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ। सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ।

बिजुली बजारको पुल जस्तै यो पुल पनि नयाँ प्रविधि मानिने ‘आर्स एण्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको हो। यस्तो डिजाइनको पुलले शहरी क्षेत्रको आकर्षण बढाउने हुँदा सडक विभागले मुख्य सडकमा निर्माण अघि बढाएको थियो। विसं २०७१ मा तीनकुने पुल र बिजुली बजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुली बजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ।

तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो। विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनःनिर्माण सुरु गरिएको हो। अरु पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ।

Previous Post

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

Next Post

मलाई नेपाली गीत गाउने रहर छः अमित पल

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
मलाई नेपाली गीत गाउने रहर छः अमित पल

मलाई नेपाली गीत गाउने रहर छः अमित पल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In