• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सत्ता गठबन्धनः फुटको त्राससँगै नयाँ एकता,कसको के दाउ ?

by
२६ चैत्र २०७९,
0
राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्तापक्षीय गठबन्धन १० दलको छ। तर चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकार बाहिर छन्। चासो छ, उनीहरूले सरकारलाई दिएको समर्थन कायम राख्लान् वा फिर्ता लेलान् ?

सहयात्रामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भने एकता बलियो देखिन्छ। सरकारलाई आवश्यक पर्ने बहुमत निर्धक्क पुग्ने भएकाले पनि ती चारवटा पार्टीले एक अर्कालाई विश्वासमा लिन खोजेको पाइन्छ। तर तिनका पनि तत्कालीन प्राथमिकता र स्वार्थ फरक(फरक देखिन्छ।

उनीहरूले वामपन्थी एकता, समाजवादी मोर्चा गठन, सत्ता गठबन्धनको निरन्तरता जस्ता विषय उठाउने गरेका छन्। त्यसको निम्ति उनीहरूले गरिरहेको प्रयत्नको उद्देश्य र दाउ के हुन सक्छन् ?

कांग्रेस–देउवाः ‘वाम विभाजनको निरन्तरता’
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी छ। तर प्रधानमन्त्रीको आलोपालो अवधि सार्वजनिक गर्नु उचित नभएर सार्वजनिक नगरिएको उनको तर्क छ।

एक कांग्रेस नेताका अनुसार प्रचण्ड २ वर्ष, त्यसपछि माधवकुमार नेपाल करिब १० महिनादेखि १ वर्ष प्रधानमन्त्री बनेपछि चुनाव गराउने गरी बाँकी अवधिको निम्ति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन्।

लिखित सहमति भने नगरिएको नेताहरूले बताउने गरेका छन्। त्यसको औचित्य नभएको लेखक बताउँछन्, “समझदारी तोड्ने नै हो भने लिखित गर्दैमा मुद्दा लाग्ने होइन क्यारे।”

कांग्रेसका कतिपय नेता भवितव्यको तयारीको निम्ति एमालेसँग संवादमा रहेको चर्चा पनि चल्ने गरेको छ। तर गठबन्धन तोडिनुअघि एमालेसँग सहकार्यको प्रयत्न गरेका देउवा निकटस्थ एक नेताले अब त्यो अध्याय बन्द भइसकेको बताए।

उनले विश्लेषण सुनाए, “कांग्रेस र एमाले मिल्दा एक्लै राजनीति गर्ने आँट नभएकाले माओवादी र एकीकृत समाजवादी कुनै न कुनै विन्दुमा एमालेसँग जोडिन सक्ने भएकाले पनि अब त्यो जोखिम उठाइँदैन।”

माओवादी र एकीकृत समाजवादीलाई एमालेबाट टाढै राखेर अन्य दललाई आफूसँगै राख्ने नीतिमा कांग्रेस देखिन्छ। एक नेताका भनाइमा सत्ता सहयात्रामा रहेको जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवलाई उपचुनावमा समर्थन गर्नुको उद्देश्य त्यो पनि हो।

प्रचण्डः आकार बढाउने कसरत
नेकपा एमालेलाई चुनौती दिन र कांग्रेसलाई सन्तुलनमा राख्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड पार्टीको आकार बढाउने कसरतमा देखिन्छन्। सकेसम्म संसदबाहिर रहेका माओवादी धारका साना दल र संसदीय अभ्यासमा रहेका एकीकृत समाजवादी र जसपासँग एकीकरण वा मोर्चा बनाउने प्रयत्न प्रचण्डको देखिन्छ।

त्यसबाट वाम एकताको अगुवाइ गरेको श्रेय लिन पाइने अनि ‌कालान्तरमा एमालेसँग एकीकरण वा कार्यगत एकता गर्नै परे पनि राजनीतिक हिस्सेदारीको निम्ति बल पुग्ने कतिपय ठान्छन्।

तर माओवादी धार र संसदीय दलबीच एक साथ एकता सहज नरहेको बताइन्छ। तत्काल भने वर्तमान सरकारको निरन्तरताको निम्ति कांग्रेसलाई विश्वासमै लिनुपर्ने पक्षमा माओवादी केन्द्रका नेताहरू देखिन्छन्। प्रचण्ड निकट एक नेता भन्छन्, “दुई वर्षपछिको चिन्ता अहिले गर्ने होइन।”

कांग्रेसको सम्भावित असहयोगले निम्त्याउने नयाँ परिस्थिति, त्यसपछि चल्न सक्ने वाम ध्रुवीकरणको कसरत र लामो समय सत्ता बाहिर रहँदा कांग्रेसलाई ठीक पार्नुपर्ने निचोडमा एमाले पुगेमा वर्तमान सरकारकै कार्यकाल बढ्न सक्ने सम्भावनातर्फ उनको सङ्केत थियो।

माधव नेपालः फुटको त्राससँगै नयाँ एकता
माधव नेपालको दलभित्र एमालेसँग मिल्ने दबाव चर्को सुनिन्छ। सचिवालयका एक सदस्यका अनुसार एक वर्ष प्रधानमन्त्री बन्ने लालसाले अध्यक्ष नेपालले त्यसतर्फ रुचि देखाएका छैनन्।उनी भन्छन्, “त्यो कुरो बिग्रिएला कि भनेर उहाँले देब्रे दाहिने हेरेको जस्तो मलाई लाग्दैन।” अध्यक्ष नेपाल कांग्रेससँगको सहकार्यमै अडिएमा उनको दल विभाजित हुनसक्ने कतिपयको अनुमान पनि पाइन्छ।

तर नेता नेपाल समाजवादी पार्टी गठन र वामपन्थी एकताको कुरा गरिरहेका छन्। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीमा आएको सङ्कटलाई ओझेलमा पार्न नेपालले वाम एकताको कुरा गरेको हुनसक्ने ठानेका छन्। एकीकृत समाजवादीका नेता किसान श्रेष्ठका भनाइमा समाजवादी मोर्चा बनाउने छलफल भने चलिरहेको छ। आफू अस्वस्थ भएकाले पछिल्लो प्रगतिबारे जानकार नरहेको उनले जनाए।

उनले माओवादी केन्द्र र जसपा सहितको समाजवादी पार्टी बनाउन चाहेको बताइन्छ। जसपासँग मात्रै भए पनि एकता गर्न सकेमा त्यसले चुनावमा अपेक्षा गरे जति सफलता पाउन नसकेको पीडा बिर्साउने र चौथो राजनीतिक शक्ति बन्ने अवसर प्राप्त हुनेछ।

उनी सहकार्यको सम्भावना बलियो बनाउन पनि जसपा अध्यक्ष यादवको प्रचारमा लागेको ठान्नेहरू छन्। समाजवादी केन्द्र बनाउन सकेमा नेता नेपालले पार्टीभित्रकै दबाव निस्तेज पार्न सक्ने र एकताको निम्ति खुला नेता बनेको सन्देश दिँदै एमालेले गर्ने खिसीटिउरीको जबाफ दिन सकिने ठानेको हुनसक्ने कतिपयको बुझाइ छ।

त्यसबाट उक्त पार्टी सत्ता समीकरणमा अर्को ‘निर्णायक’ हैसियतमा उभिन सक्छ।

जसपा–यादवः विलीन नभइ ठूलो बन्ने
कम्तीमा एकीकृत समाजवादी पार्टीसँग एकता गर्न सके जसपाको मूल रूपमा मधेसमै केन्द्रित रहेको जनाधार बिस्तार हुने देखिन्छ। चौथो राजनीतिक दलको नेताको रूपमा महन्थ ठाकुर र सीके राउतभन्दा ‘ठूलो राष्ट्रिय नेता’ बन्ने आकाङ्क्षा पनि यादवमा हुनसक्छ।

तर उक्त दलका नेता मनिष सुमनका अनुसार वामपन्थी दलहरूले कम्युनिस्ट नाम राख्न खोजेका छन् जुन उनको दलले मानिरहेको छैन। माओवादी समेतसँग एकता गर्दा आफ्नो हैसियतबारे पनि यादवले ख्याल गर्ने तर अहिले वार्ताहरू त्यो चरणमा प्रवेश नगरिसकेको बताइन्छ।

कांग्रेसले रास्वपा र राप्रपालाई नरुचाइरहेका बेला यादव सत्ता टिकाउन निर्णायक देखिएकाले त्यो भूमिकाबाट उनी विमुख हुन नचाहने स्वार्थ पनि रहेको जानकारहरू बताउँछन्। बाबुराम भट्टराईसँगको बेमेलका कारण विभाजित भएकाले उनलाई चौथो शक्तिको मान्यता दिएर माओवादी सहितको एकता गर्ने मनस्थितिमा यादव नरहेको बताइन्छ।

भट्टराईको दल माओवादीसँग एकता गर्ने तयारीमा छ। नेता सुमन भन्छन्, “उपचुनावपछि समाजवादी केन्द्र बनाउनेबारे कुरा अघि बढ्ला, हामीसँगको कुरा अहिले स्थगित छ।” चार दलको आआफ्नै तयारी र प्राथमिकता उपचुनावको परिणामले पनि प्रभावित र निर्देशित गर्ने जानकारहरू बताउँछन्।

Previous Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्तीका लागि हात्ती अपुग

Next Post

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

सम्बन्धित खबर

गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
Load More
Next Post
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In