७ अगस्ट, १९४१ मा जब गुरुदेव रवीन्द्रनाथ ठाकुरको मृत्यु भयो तब उनको सम्मानमा सबै स्कुल कलेज बन्द भए । महाराष्ट्रका विख्यात लेखक विष्णु सखाराम खाण्डेकरका छोरा अविनाश पनि एउटा स्कुलमा पढ्थे । स्कुलका प्रधानाचार्यले सबै विद्यार्थीलाई जम्मा पारेर भने, ‘रवी बाबु ठूला लेखक थिए । त्यसैले हामी उनको सम्मानमा स्कुल विदा दिनेछौँ ।’
घर आएर अविनाशले बाबुलाई भने— आज स्कुलको छुट्टी गुरुदेवको मृत्यु भएको कारणले भयो । तपाईं पनि त ठूलो लेखक हो, के तपाईं मर्दा पनि स्कुल बन्द हुन्छ ? खाण्डेकरले प्रेमले अविनाशलाई सुमसुम्याउँदै भने, स्कुल बन्द होस् या नहोस् म मरेँ भने त्यो दिन तिमीले अवश्य छुट्टी पाउनेछौ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













