रामः साहूजी, एक माना नुन दिनुहोस् त ।
साहूजीः हिजो मात्र तपाईंले एक प्याकेट नुन लग्नुभएको होइन ?
रामः हो, तर तपाईंले खुल्ला नराख्नु भन्नु भएकाले मैले नुनको प्याकेट खोलेकै छैन ।
पागल रहेछ बा
(एक प्रहरी अधिकृत दुई जना श्रीमान्श्रीमतीसँग सोधपुछ गर्दै थिए)
प्रहरीः तिमीहरुको घरमा चोर पस्दा कति बजेको थियो हँ ?
श्रीमान्ः त्यतिवेला मेरी श्रीमतीको टाउकोमा चार लठ्ठी र मेरो टाउकोमा तीन लठ्ठी बज्रेको थियो ।
प्रहरीः (आश्चर्य मान्दै कस्तो पागल रहेछ बा) होइन, चोर पस्दा तिम्रो भित्ताको घडीमा कति बज्या’थ्यो भन्यो पो त ?
श्रीमान्ः ए….त्यस वेला घडीमा एक लठ्ठी मात्र बज्रेको थियो, झ¥यामझुरुम फुटिहाल्यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













