काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ। ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा आगलागी भएको ढाका ट्युविनले जनाएको छ।
बङ्गाबजार बजारमा लागेको आगो अहिले सडक नजिकैकै घरमा फैलिएको छ। हेलिकोप्टर, अग्नी नियन्त्रक र दमकलले आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रणमा लिन सम्भव भएको छैन् । बङ्गबजारमा आगो नियन्त्रणमा लिँदा पानीको अभाव भएको छ । यो बजार गार्मेन्ट उत्पादन र विभिन्न प्रकारका कपडाका लागि परिचित छ ।
इन्टर सर्भिसेज पब्लिक रिलेसन्स ९आईएसपीआर०का अनुसार बंगलादेश सेनाको संयुक्त सहयोग टोली, बंगलादेश वायुसेनाको एक सहयोगी टोली र एक हेलिकप्टर बाङ्गबजारमा आगो नियन्त्रणमा मद्दतमा खटाइएको छ।
यसैबीच, स्थानीय बासिन्दालाई सडक अवरोध नगरी दमकललाई सहयोग गर्न अगाडि आउन आग्रह गरिएको छ। आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगलागीले कुनै मानवीय क्षति पनि भएको छैन।













