पौडीलाई उत्कृष्ट व्यायाम मानिन्छ र गर्मीको मौसममा यो प्रितीकर पनि लाग्छ । त स्विमिङ पुलको पानीमा प्रशस्त क्लोरिन मिसाइने हुँदा यसले कपाललाई रुखो बनाउने, रङ्ग खुइलाउने र कपाल बिगार्ने गर्छ ।
यसबाट बच्न पौडी खेल्न अघि कपालमा हल्का तेल मसा जगर्न सकिन्छ र पौडी खेलिसकेपछि माइल्ड खालको स्याम्पुले कपाल पखाल्न पर्दछ । अथवा पौडी खेल्न अघि क्यापको पनि प्रयोग गर्न सकिन्छ । तपाईंको कपालको रङ खुइलिनबाट जोगाउनु छ भने स्याम्पुमा १ चिम्टी बेकिङ सोडा राखेर नुहाउन सक्नुहुन्छ ।
साभारः ‘दीर्घजीवन’ पुस्तकबाट













