प्रेमीः सरिता !
प्रेमिकाः हजुर ।
प्रेमीः आज म तिमीलाई एउटा कुरा सोधौँ ?
प्रेमिकाः सोध न !
प्रेमीः के साँच्चै तिम्रो जीवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिकाः हो नि ! म पनि एउटा कुरा सोधौँ ?
प्रेमीः सोध न !
प्रेमिकाः किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिले पनि डार्लिङ ?
उल्लु बनाएँ
एक पहलवान मान्छे होटलमा आयो भन्यो— कडक सिंह कहाँ छ ?
एक मान्छे लरखराउँदै भन्यो, म हुँ, कडक सिंह ।
पहलवानले जोडदार कसेर एक झापड हान्यो र त्यो मान्छे मुनिको माटो चाट्न पुग्यो । पहलवान गइसकेपछि त्यो मान्छे उठ्यो र भन्यो— कस्तो उल्लु बनाएँ । म त कडकसिंह हुँदै होइन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट











