• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?

by
१५ चैत्र २०७९,
0
किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ।

दुई वर्षअघि भान्सा कोठामा रहेका बेला ताशा रेनीले निकै चर्को आवाज निस्कने गरी चिच्याइन् । यसले उनी आफैलाई आश्चर्यचकित पार्‍यो । ‘रिसाउनु मेरा लागि सधैँ सहज भाव थियो,’ उनले भनिन्। तर यस्तो अवस्था उनले विगतमा महसुस गरेकी थिइनन् ।

यो कोभिड महामारीको बीचमा भएको थियो । त्यसको २० मिनेट अघि आफूलाई क्रुद्ध पारेका कुराहरू सम्झँदै घरभित्रै उनी हिँडेकी थिइन् । त्यसरी चिच्याएपछि उनले असाध्यै हलुका महसुस गरिन् ।

पेसाले हिप्नो थेरापिस्ट र लाइफ कोच ताशाले त्यसयता विश्वभरका महिलाहरूलाई जुममा जमा गर्दै उनीहरूलाई क्रुद्ध बनाउने कुराहरूबारे बोल्न लगाउने र चिच्याएर आफ्नो भाव प्रस्फुटन गर्न लगाउने गर्छिन्।

ग्यालप वर्ल्ड पोलको १० वर्षको तथ्याङ्क केलाउँदा महिलाहरू झन् झन् रिसाहा हुँदै गएको देखिन्छ। उक्त सर्वेक्षणमा प्रत्येक वर्ष १५० देशका १२०,००० मानिसहरूलाई सोधिने प्रश्नमध्ये अघिल्लो दिन अधिकांश समय ती व्यक्तिले कस्तो भाव महसुस गरेका थिए भन्ने प्रश्न पनि पर्छ।

खास गरी नराम्रो महसुस हुँदा महिलाहरूले ९क्रोध, नैराश्य, तनाव अनि चिन्ता० जस्ता भाव पुरुषको तुलनामा निरन्तर रूपमा बढी महसुस गर्ने गरेको बताउने गरेका छन्।

सन् २०१२ यताको तथ्याङ्क केलाउँदा पुरुषको तुलनामा बढी सङ्ख्यामा महिलाहरूले निराश महसुस गर्ने गरेको देखिन्छ । महिला, पुरुष दुवैले गर्ने यस्तो अनुभूति उकालो लाग्ने क्रममै छ । तर क्रोध अनि तनाव महसुस हुनुमा पुरुषसँगको तुलनामा खाडल बढ्दो क्रममा छ । सन् २०१२मा दुवै लिङ्गका मानिसहरूले समान तहमा क्रोध अनि तनाव महसुस गर्ने गरेको देखिन्छ ।

त्यसको ९ वर्ष पछिको समयसँग तुलना गर्दा महिलाहरू झन् झन् क्रुद्ध बन्दै गएको देखिन्छ। पुरुषहरूको तुलनामा उनीहरू ६ प्रतिशत बढी रिसाहा भएको देखिन्छ । बढी तनाव लिने कुरामा पनि महिलाहरू अघि परेको देखिन्छ । यस्तो तथ्याङ्कले अमेरिकास्थित एक जना थेरापिस्ट सारा हार्मनलाई आश्चर्यमा पार्दैन । सन् २०२१ मा उनले आफूकहाँ आउने महिलाहरूलाई चौरमा जमा पारेर चिच्याउन लगाएकी थिइन् ।

विश्वभर महिलाहरूले महसुस गरेको भाव आफूले समात्न सकेको साराको विश्वास छ । महामारीको बोझ असमान रूपमा आफूहरूमा परिरहेकाले उनीहरू तीव्र गतिमा निराश बनेको साराको बुझाइ छ ।

इन्स्टिच्युट फर फिस्कल स्टडीजीले सन् २०२०मा इङ्गल्यान्डमा विषम लैंगिक सम्बन्धमा रहेका झन्डै ५ हजा अभिभावकहरूको सर्वेक्षणमा बुवाको तुलनामा लकडाउनको समयमा आमाहरूले बढी घरेलु जिम्मेवारी लिने गरेको पाइएको थियो ।

जसका कारण उनीहरूले काम गर्ने समय घटाएका थिए । श्रीमान् भन्दा श्रीमतीले बढी आमदानी गर्नेहरूको हकमा समेत अवस्था उस्तै देखियो । केही देशमा अघिल्लो दिन रिस महसुस गरेको बताउनेको महिला र पुरुषको सङ्ख्यामा देखिएको भिन्नता विश्वव्यापी औसतभन्दा धेरै छ ।

कम्बोडियामा सन् २०२१मा १७ प्रतिशतको फरक देखिएको थियो भने भारत र पाकिस्तानमा त्यस्तो भिन्नता १२ प्रतिशत थियो ।

मनोचिकित्सक डा। लक्ष्मी विजयाकुमार यो बढी भन्दा बढी महिला शिक्षित, रोजगार अनि आर्थिक रूपमा आत्मनिर्भर भएसँगै उत्पन्न भएको तनावको नतिजा रहेको ठान्छिन् । ‘यसै समयमा उनीहरू पुरातन, पितृसत्तात्मक प्रणाली र संस्कृतिद्वारा बाँधिएका छन्,’ उनी भन्छिन्। ‘घरमा पितृसत्तात्मक व्यवस्था र घरबाहिर मुक्ति पाएकी महिलाबीचको असहमतिले धेरै क्रोध निम्त्याउँछ।’

उनका अनुसार विगतमा महिलाहरूलाई रिस उठ्यो भन्नुलाई उचित मानिँदैनथ्यो तर त्यो बिस्तारै परिवर्तन हुँदै गएको छ। महामारीले महिलाहरूको काममा पारेको प्रभावले पनि उनीहरूको भावमा फरक पारेको हुनसक्छ।

सन् २०२० अघि श्रममा महिलाहरूको सहभागितामा निकै ढिला प्रगति भएको देखिएको यूएन विमिनकी डेटा साइन्टिस्ट जीनेट अजकोना बताउँछिन् । सन् २०२० मा त त्यो गति ठप्प नै भयो । यो वर्ष १६९ राष्ट्रमा काम गर्ने महिलाहरूको सङ्ख्या सन् २०१९ भन्दा कम हुने अनुमान गरिएको छ ।

Previous Post

चुट्किलाः नुहाउन मनाहि छ

Next Post

भारतले ग-यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
भारतले ग-यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

भारतले ग-यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In