• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोफसलका ’आँखा बा’, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

by
१२ चैत्र २०७९,
0
मोफसलका ’आँखा बा’, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश–जाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन् । उनको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ। ३९ वर्षदेखिको उनको यो दिनचर्या अहिले पनि निरन्तर जारी छ ।

७७ वर्षको बुढ्यौली उमेरमा समेत युवा जोश–जाँगरका साथ आँखा अस्पतालको सेवा–सुविधा विस्तारमा तल्लीन उनको परिचय ‘मोफसलका आँखा बा’ हो। भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के उनलाई यहाँ ‘आँखा बा’का रूपमा चिन्ने गरिन्छ। नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन्।

विसं २०४२ मा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्ये एक हुन्– मास्के। तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति सङ्घमार्फत विसं २०४४ मा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो। सुरुआती दिनमा तिनै समाजसेवीले मासिक एक हजार र पछि एकमुस्ट पाँच हजार सङ्कलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो। लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा विसं २०६० पछि भने फड्को मार्न सफल भयो। त्यसका नेतृत्वकर्ता मास्के नै हुन्।

सुरुआतदेखि नै समूहमा उनी रहे पनि जुन समयदेखि उनले नेतृत्व सम्हाले, त्यही बेलादेखि अस्पतालले ठूलो सफलता हात पा¥यो। विसं २०६० मा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो। समाजसेवी मास्के भन्छन्, ‘विसं २०६७ बाट अस्पताल आफैँ खर्च धान्ने अवस्थामा पुग्यो।’ यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे। एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक तीन लाख नाघेको छ।

विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिएका मास्केले विसं २०४२ देखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताएका छन्। नेपाल नेत्रज्योति सङ्घको संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, दुईपटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्‍याएका हुन्।

सो सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसकेका मास्के हाल पनि सङ्घको केन्द्रीय सदस्य हुन्। ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्‍यो। उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन।

उनले भने, ‘मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो।’ सभापति हुनुअघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छाड्दै गर्दा ६ सय पुगेको उनी बताउँछन्। आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो सङ्ख्या आठ हजार पु¥याउन सकेकामा उनलाई गर्व छ। उनको निरन्तरको साथका कारण अहिले बिरामीको सङ्ख्या बढ्दै गएको छ।

अस्पतालको दुई उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए। अहिले उपचार केन्द्रको यो सङ्ख्या १४ पुगेको छ। तीनवटा थप गर्ने तयारीमा छ। उनले स्मरण गरे, ‘म सभापति हुँदै गर्दा दुई विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो सङ्ख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित एक सय ५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ।’

अस्पतालमा एमडी अध्ययन गर्नेमात्रै नौ चिकित्सक छन् भने तीन जनाले ‘फेलोसिप’ गरिरहेका छन्। नेत्र सहायक र स्नातकसमेत अध्ययन–अध्यापन भइरहेको छ। अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन्।

जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे। दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्त्वपूर्ण योगदान छ। उनकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो। आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उनी बताउँछन्।

आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ, बैङ्ककलगायतका सहरमा पुगेका छन्। उनलाई एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मानसमेत गरिसकेको छ। नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समितिले स्थापना दिवसका अवसरमा उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गर्दै छ। स्वयंसेवीहरूलाई पहिलोपटक यो अवार्ड दिन लागिएको हो।

सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको ‘आँखा बा’को उपमा दिन सकिने बताउँछन्। उनले भने, ‘उहाँको इमान्दारिता र खटाइका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो।’

एक व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ। भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन्। मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गरेका छन्। उनले भने, ‘जुन दिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु।’ रासस

Previous Post

जो रक्सी खान्छ, त्यो एमाले हुनै सक्दैनः अध्यक्ष ओली

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In