• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षा भन्छिन् – दुई महिना सुगासँग समय बिताएँ

by
९ चैत्र २०७९,
0
सुरक्षा भन्छिन् – दुई महिना सुगासँग समय बिताएँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् ।

फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्नेबित्तिकै छि छि दूरदूर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो । ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँग नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिरान छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’

ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन् ।

सुरक्षाले आफू फिल्मको अर्को सुँगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Previous Post

देशको अवस्था देखेर तन्नेरीहरु आत्तिएः गगन थापा

Next Post

रुपेन्देहीको तिलोत्तममा गुटखा विक्री गर्न प्रतिबन्ध

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
रुपेन्देहीको तिलोत्तममा गुटखा विक्री गर्न प्रतिबन्ध

रुपेन्देहीको तिलोत्तममा गुटखा विक्री गर्न प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In