शरीरमा पानीको आपूर्ति कम भएर हुने डिहाइड्रेशनको नकारात्मक प्रभाव सबैलाई थाहा छ, तर शरीरमा पानीको मात्रा चाहिनेभन्दा बढी हुँदा के दुर्घटना हुन सक्छ, सबैलाई थाहा नहुन सक्छ । यसलाई ओभर हाइड्रेशन भनिन्छ ।
विशेषज्ञहरुको भनाइमा ओभर हाइड्रेशनले मुटु, कलेजो, मृगौला, पिट्युटरी ग्रन्थि र मस्तिष्कको क्रियाविधिमा खलल पु¥याउँछ । कसै कसैमा पानीको मात्रा पुग्दैन कि भनेर सनकमा चाहिनेभन्दा दोब्बरतेब्बर पानी पिउने बानी हुन्छ ।
विशेषज्ञहरुको भनाइमा यसो गर्नु ओभर हाइड्रेशन र त्यसबाट वाटर इन्टोक्सिकेसनको स्थिति निम्त्याउने गल्ती गर्नु हो । वाटर इन्टोक्सिकेसन लम्बिएको खण्डमा त्यो सास फेर्न गाह्रो हुने, मलमुत्र त्याग गर्न कठिनाई हुने समस्याको कारण बन्दछ । जो व्यक्ति फोक्सो, मृगौला, कलेजो तथा हृदयसम्बन्धी रोगबाट ग्रसित छ, उसका लागि वाटर इन्टोक्सिकेसन प्राणघातकसमेत हुन सक्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













