• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वरिष्ठ काटुनिष्ट दुर्गा बराल (वात्स्यायन) लाई नागरिक अभिनन्दन

by
४ चैत्र २०७९,
0
वरिष्ठ काटुनिष्ट दुर्गा बराल (वात्स्यायन) लाई नागरिक अभिनन्दन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ काटुनिष्ट दुर्गा बराल (वात्स्यायन) लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न संघ संस्थाले उहाँलाई अभिनन्दनसँगै रथारोहण गरेका हुन् । कार्टुन मार्फत नेपाली समाजका विकृति, विसङ्गति र वेथितिका विरुद्ध प्रहार गर्ने बराललाई उहाँकै निवास पोखर–३ नदीपुरस्थित घरबाट रथारोहण गराई पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर अभिनन्दन गरिएको थियो ।

थोरै शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्न सक्ने बरालले राजनीतिक तथा सामाजिक विकृतिप्रति तीखो व्यङ्ग गरी समाजलाई सही बाटोमा हिडाउन् भूमिका खेलेको भन्दै अभिनन्दन गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो ।

नागरिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले वात्स्यानका कार्टुन समाजको ऐना भएको बताउनुभयो । ‘पोखरा आफैंमा सुन्दर शहर हो । सबैले देख्ने पोखरालाई क्यानभासमा लेख्ने बराल पानी रङ चलाउँनुहुन्छ । पानी रङ चलाउनु क्यानभासमा जोखिम हुन्छ । सानो मात्रै त्रुटि भयो भने सच्याउने ठाउँ नै हुँदैन । जोखिम मोलेरै उहाँले पोखरालाई पानी रङको पाठशाला मात्र हैन कलाको राजधानी नै बनाइदिनुभयो ।’ श्रेष्ठले भन्नुभयो ।

पोखरालाई ‘स्कुल अफ वाटर कलर’ का नामले चिनाउन बरालको महत्वपूर्ण योगदान भएको उहाँले बताउनुभयो । व्यङ्य चित्रलाई उचाइमा पुर्‍याउने बराललाई विश्वस्तरीय चित्रकारको रुपमा चिनिने गरिएको श्रेष्ठले भनाइ छ ।

साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले छन्द अनुभूति हुने गरी कला प्रदर्शन गर्ने क्षमताका काटुनिष्ट बरालले चित्रकारिताको माध्यमबाट राजनीतिक विकृतिलाई व्यङ्गे प्रहार गर्नुभएको छ । पुरस्कार र पदको लोभमा कहिल्यै नलाग्ने बरालले पानी रंगका चित्रहरु मार्फत चित्रकारिता अगाडि वढाउन सफल हुनुभएको बताउनुभयो ।
अभिनन्दित व्यक्तित्व दुर्गा बराल (वात्स्यायन)ले आफू चित्रकारिता तर्फ आफ्नै घरको भान्सा कोठाको भित्तामा रहेका चित्रहरुबाट आकर्षित भई यस क्षेत्रमा लागेको बताउनुभयो । सानो उमेरमा गाउँघरका ढुंगाहरुमा चित्रहरु कोर्दे हिड्ने गरेको सम्झना पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभयो ।

साधारण जीवन शैली अपनाउने बराल आफूलाई आम मानिस ठान्नुहुन्छ । पोखरेली युवा साँस्कृतिक परिवारले आफ्ना सम्मानित आजीवन सदस्य एवं सल्लाहकार दुर्गा बराल वात्स्यानलाई रथारोहण गरेको हो । चैत ४ गते शनिबार बराल ८० पूरा गरी ८१ वर्ष प्रवेशको अवसर पारेर पोखराका अन्य ३१ संस्थाले बराललाई अभिनन्दन गरेका हुन् ।

वि.स.२०३० सालमा नाफामा एकल कला प्रदर्शनी गर्नुभएका बरालले कलालाई आजसम्म पनि माया गरिरहनुभएको छ । वि.सं. १९९९ चैत ५ गते साविक आर्बा हालको पोखरा महानगरपालिका–१३ मा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका दुर्गा बराल हरिवंश र कलावतीका जेठा छोरा दुर्गाले तीन वर्षको उमेरमै आमा गुमाउनु परेको थियो । पंचायत कालमा नै नाम चलेका पत्रपत्रिका राष्ट्रपुकार, मातृभूमि, प्राङ्गण, देशान्तर, सुरुचि, गोरखापत्र र कान्तिपुर दैनिकमा उहाँका कार्टुन प्रकाशन भएका छन् ।

इटली, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, तिब्बत, ,भारत, बङ्गलादेशमा उहाँले समूहगत कला प्रदर्शनी गर्नुभएको छ । उहाँले ६ पटक एकल प्रदर्शनी र सामूहिक रूपमा १ सय ५० वटा जति प्रदर्शनी गर्नुभएको छ । २०४० सालमा उनले ‘चोक र तमसुक’ शृङ्खलाका कला प्रदर्शनी गर्नुभयो जसले नेपाली समाजको यर्थाथलाई झल्काएको छ ।

बराल सर्वोत्तम कला पुरस्कार २०३८, शिरोमणि पुरस्कार २०४९, नवरत्न सम्मान २०५९, विपी कोइराला पत्रकारिता पुरस्कार २०६९, गोपालदास पत्रकारिता पुरस्कार २०६३, प्रेस स्वतन्त्रता सेनानी २०६४, राष्ट्रिय प्रतिभा पुरस्कार २०६४, जगदम्बाश्री पुरस्कार २०७३ बाट सम्मानित हुनुभएको छ ।

Previous Post

राष्ट्रपतिद्वारा कुमारीको दर्शन

Next Post

यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेस हुन्छ : मन्त्री मोदी

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेस हुन्छ : मन्त्री मोदी

यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेस हुन्छ : मन्त्री मोदी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In