• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुरेबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई समस्या

by
३ चैत्र २०७९,
0
२३ वर्षपछि बस्तीमा धारा वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी– कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । ‘यहाँका खानेपानीको ट्यांकी बन्न लागेको चार(पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन’, उनले भने , ‘खानेपानी नहुँदा गाईबस्तु पाल्नसमेत मुस्किल परेको छ ।’ उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए ।

खोलाबाट आएको दुई/तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए । ‘जेठ-असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, उनले भने , ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।’ पानी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए । ‘पानीको अभावले खेतबारी सबै बाँझो छ गाईबस्तु पाल्न सकेका छैनौँ’, उनले भने , ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।’ उनले यहाँ मुक्तकमैया पुनर्स्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए ।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताए ‘हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ ।’ उनले भने, ‘नजिकै खानेपानीको ट्यांकी बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ ।’ बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए ।

‘यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ’, अध्यक्ष सिंहले भने , ‘बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो ।’ उनले संघीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताए । ‘अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्’, उनले भने , ‘यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ ।’

Previous Post

जीर्णोद्धारपछि चिटिक्क कालिका मन्दिर

Next Post

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In