• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नागरिकता विधेयकले सुरक्षा चुनौती थपियो

by
७ अशोज २०७९,
0
कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संघीय संसद्को दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि पुगे पनि राष्ट्रपतिले रोकेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको विवाद न्यायालय पुगेको छ । सरकार, सभामुख र प्रमुख दल औपचारिक रूपमा नगए पनि सार्वजनिक सरोकार (पिआइएल)तर्फबाट पाँचवटा रिट सर्वोच्च अदालतमा पुगेका छन् । रिटमा आजदेखि सुनुवाइ प्रारम्भ हुँदै छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत प्रमाणीकरण नगरेपछि अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलकुमार यादव, मोरङका देव शर्मालगायतले परमादेश माग गर्दै रिट निवेदन दायर गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर पाँचवटा रिट दर्ता भएको र शुक्रबारदेखि त्यसमा सुनुवाइ सुरु हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

संघीय संसद्को दुवै सभाबाट पारित भएर २० भदौमा शीतलनिवास पुगेको विधेयक ४ असोजसम्म प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो । २९ साउनमा संविधानको धारा १३३ (३) को अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि पठाएको विधेयकमा आफ्नो सन्देशको सम्बोधन नभएको भन्दै दोस्रोपटक आएको विधेयकलाई संविधानविपरीत प्रमाणीकरण नगरेपछि यो विवाद न्यायालय पुगेको हो ।

संविधानको संरक्षक र पालकले उल्लंघन गरेर विधेयक प्रमाणीकरण नगरेमा के हुने भन्ने संविधानमा स्पष्ट व्यवस्था छैन । धारा १३३ (३) पुनर्विचार गर्न पठाउने, उपधारा (४) हुबहु वा पुनर्विचार भएर आएमा १५ दिनभित्र अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । उपधारा (५) मा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने उल्लेख छ । तर, प्रमाणीकरण नगरे के हुन्छ भन्ने उल्लेख छैन । कानुनविद्बाट स्वतः प्रमाणीकरण भएको मान्ने, राष्ट्रपतिबाट दायित्व निर्वाह नभएकाले उपराष्ट्रपतिबाट प्रमाणीकरण गराउनेसहित थरीथरीका तर्क आएका छन् । यहाँनेर न्यायालयले व्याख्या गर्नुपर्ने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताए ।

रिट निवेदकहरूले भने प्रमाणीकरण गर्न परमादेश नै जारी गर्नुपर्ने माग राखेका छन् । विधेयक प्रमाणीकरण नगरी राष्ट्रप्रमुखले संविधानको रक्षा र पालना नगरेको, संविधान र संसद्को घोर उल्लंघन गरेको, विधेयक प्रमाणीकरण नगर्ने स्वविवेकको अधिकार संविधानले नदिएको, नागरिकताबाट वञ्चित लाखौँ नेपाली नागरिकको मौलिक हक र अधिकारमाथि कुठाराघात गरेकाले परमादेश दिनुपर्ने रिट निवेदकको माग छ ।

प्रमाणीकरण नगरी संविधानको धारा १०, ११, १२, १३, १४, १५, १६९१०, १८९१०, ६६९१०, १११ र ११३ ९४० को गम्भीर उल्लंघन गरेको जिकिर गर्दै रिट निवेदनमा प्रमाणीकरण नगर्दा भएका सम्बन्धित निर्णयहरू उत्प्रेषणको आदेश बदर गर्न तथा विधेयक प्रमाणीकरण गर्न परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । रिटलाई अग्राधिकारमा राखेर निरन्तर सुनुवाइसहित अन्तिम निर्णय गरेर टुंग्याउन उनीहरूले माग गरेका छन् । सर्वोच्चका प्रवक्ता विमल पौडलका अनुसार सबै रिट निवेदनलाई एकै इजलासमा राखेर आजदेखि सुनुवाइ प्रारम्भ हुँदै छ ।

मुद्दामा न्यायालयले प्रमाणीकरण नभए स्वतः प्रमाणीकरण भएको मानिने, राष्ट्रपतिको उपस्थिति नदेखिएकाले प्रक्रिया पुर्‍याएर उपराष्ट्रपतिबाट प्रमाणीकरण गराउने वा राष्ट्रपतिलाई नै प्रमाणीकरण गर्न परमादेश दिने विषय निरुपण गर्नुपर्ने देखिन्छ । यो संविधान संशोधनको अवस्था हुने पूर्वप्रधानन्यायाधीश शर्मा बताउँछन् ।

रिटमा अग्राधिकार दिएर जान पूर्वन्यायाधीशको सुझाव
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले नागरिकताजस्तो संवेदनशील विषयमा न्यायालयले अग्राधिकार दिएर जानुपर्ने सुझाव दिए । ‘आमाको नामबाट नागरिकता पाउने सविना दमाईंको मुद्दामा मैले आदेश गरेको थिएँ । सो कज पनि मैले नै गरेँ । म्याद थप्न नपाउने गरी त्यतिखेर ३५ दिनभित्र लिखित जवाफ पेस गर्न तोकेरै भनेको थिएँ, आयो पनि । संयोगवश मेरै इजलासमा ९मुद्दा० पर्‍यो । दुई महिनामा त फैसला नै गरिदिएको थिएँ,’ आफूले अग्राधिकार दिएर मुद्दा छिनोफानो गरेर स्मरण गराए । निवेदकले संवेदनशील विषयमा स्पष्ट रूपमा कारण देखाएर अग्राधिकार माग्नुपर्ने र अदालतले अग्राधिकार रिट दिने उनको भनाइ छ । उनले निवेदकलाई परमादेशका साथै संविधान र कानुनको गम्भीर उल्लंघन गरेकाले राष्ट्रपतिलाई नसिहत माग गर्न पनि सुझाए । त्यस्तै, संवैधानिक राष्ट्रपतिको अधिकार र सीमा तथा धारा ११३ (४) को व्याख्या पनि गरिदिनुपर्ने उनको सुझाव छ । ‘अर्को राष्ट्रपति आएर सदन र मन्त्रिपरिषद्को निर्णय नमान्ने नजिर बस्न नदिन व्याख्या जरुरी छ,’ उनले भने ।

नागरिक विधेयकले सुरक्षा चुनौती थपिएको सुरक्षा निकायका प्रमुखहरूको निष्कर्ष
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि देशमा सुरक्षा चुनौती थपिएको सुरक्षा निकायका प्रमुखहरूले निष्कर्ष निकालेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे बिहीबार नेपाली सेनाको मुख्यालयमा बसेको चार सुरक्षा निकायका प्रमुखहरूले यो विवादले चुनावी सुरक्षा नै प्रभावित हुने विश्लेषण गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच जंगी अड्डामा भएको भेटघाट तथा छलफलमा पछिल्लो सुरक्षा चुनौतीबारे विश्लेषण भएको थियो । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा राजनीतिमा धु्रवीकरण भएको र यो चुनावी मुद्दा हुन सक्ने भएकाले यसैले सुरक्षा चुनौती थपिएको उनीहरूको निष्कर्ष थियो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार एकातर्फ नागरिकता विधेयक चुनावी एजेन्डा बन्दा राजनीतिमा थप धु्रवीकरण हुने सम्भावना छ भने अर्कोतर्फ नागरिकता नपाएकाले आन्दोलन गर्ने भएकाले सुरक्षा चुनौती थपिएको हो । ‘छलफल कार्यक्रममा समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल एवं अन्तक्र्रिया भएको,’ जङगी अड्डाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

अन्तिम जीवित खमेररुज नेताको अपिल कम्बोडियाली अदालतले उल्टाइ दियो

Next Post

प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In