• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने

by
२८ फाल्गुन २०७९,
0
विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सन् २०२६ सम्ममा अति कम विकसित मुलुक ९एलडिसी० बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपालले त्यसपछि पनि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधाको निरन्तरताका लागि पहल गर्ने भएको छ ।

अति कम विकसित मुलुकका रूपमा हाल पाइरहेका सुविधा स्तरोन्नतिपछि हट्ने भए पनि ती सुविधाको निरन्तरताका लागि पहल गर्ने भएको हो ।

स्तरोन्नतिपछि गुमाउने व्यापारलगायत क्षेत्रका सुविधाको निरन्तरताका लागि पहल गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए । कतारको दोहामा यही मार्च ४ देखि ९ सम्म चलेको ‘अति कम विकसित राष्ट्रहरूको पाँचौँ शिखर सम्मेलन’ मा पनि नेपालले उक्त विषय उठाएको उहाँको भनाइ छ । सम्मेलनमा नेपालले अति कम विकसित मुलुकको अन्तर्राष्ट्रिय व्यापार अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको मरासिनीले बताए ।

विश्व व्यापार सङ्गठनले प्रदान गरेका अन्तर्राष्ट्रिय व्यापार, बौद्धिक सम्पत्तिलगायतका क्षेत्रमा दिइँदै आएको सहुलियत स्तरोन्नतिको सङ्क्रमणकालीन अवधिपछि बन्द हुनेछन् । जस कारण नेपालको निर्यात घट्ने अनुमान गरिएको छ । अहिले पाइरहेका सुविधाको निरन्तरतासँगै आफ्नो व्यापार नीति पनि परिवर्तन गर्दै लैजानुपर्ने सचिव मरासिनीको भनाइ छ । ‘स्तरोन्नति भएपछि हामीले व्यापारमा पाइरहेका विशेष सुविधा गुम्छन् । पाइरहेका सुविधाहरू एकै चोटि हटाउनुभन्दा बिस्तार–बिस्तारै हटाउँदै जाने र सँगसँगै क्षमता वृद्धिका काम पनि गर्दै जानुपर्नेमा जोड दिएका छौँ”, सचिव मरासिनीले भने ।

यस्ता सुविधा जोगाइराख्न नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ क्षेत्र तथा बजार पहिचान गरी व्यापारको विविधीकरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । ‘स्तरोन्नतिपछि नेपालको व्यापार नीति कस्तो हुने भन्ने स्पष्टतासँगै नयाँ वस्तुको उत्पादन र बजारीकरणमा केन्द्रित हुनुपर्छ । तुलनात्मक लाभ रहेका वस्तु पहिचान, त्यसको उत्पादन र बजारीकरणका लागि अहिले नेपाललाई अवसर पनि छ’, उनले बताए ।

डब्ल्युटिओअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्र ९आइटिसी० ले गरेको प्रक्षेपणअनुसार अति कम विकसित मुलुकबाट स्तरोन्नतिपछि नेपालको हालको निर्यात ४ दशमलव ५ प्रतिशतसम्म घट्न सक्ने देखिएको मरासिनीले जानकारी दिए । उनका अनुसार दिगो स्तरोन्नतिका लागि अझ बढी मेहनत गर्नुपर्नेछ । ‘स्तरोन्नतिपछि पनि अहिले पाइरहेका सुविधालाई कसरी निरन्तरता गर्ने भनेर पहल गर्नु आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र प्रस्तुति बलियो बनाउनुका साथै सरोकारवाला क्षेत्रका जानकारहरूको समूह बनाएर काम गर्न जरुरी छ’, उनले भने । आगामी दुई–तीन वर्ष नेपालले यस विषयमा बढी तयारी गर्नुपर्ने मरासिनीको भनाइ छ ।

डब्ल्युटिओका सदस्य राष्ट्रसँगको व्यापारमा अति कम विकसित मुलुकले ‘स्पेसल एन्ड डिफ्रेन्सियल ट्रिटमेन्ट’ को सुविधा पाउँछन् । साथै यस्ता मुलुकका लागि न्यून भन्सार दर कायम गरिएको हुन्छ । यस्ता सुविधामा अलैँची, पस्मिना, गलैँचा, धागोलगायतका वस्तु निर्यात गर्दा नेपालले ‘ड्युटी फ्री’ सुविधा पाउँछ । त्यस्तै, बौद्धिक सम्पत्तितर्फ प्याटेन्ट, डिजाइन, ट्रेडमार्कलगायतमा केही सुविधा पाइन्छ । स्तरोन्नतिपछि नेपालको औषधि (फर्मास्युटिकल) क्षेत्र बढी प्रभावित हुने देखिएको छ । औषधि उत्पादकले विदेशी कम्पनीको फर्मुला प्रयोग गरेर औषधि उत्पादन गरिरहेकामा त्यस्तो सुविधामा कडाइ हुनसक्ने जानकार बताउँछन् ।

सन् १९७१ देखि संयुक्त राष्ट्रसङ्घको अति कम विकसित मुलुकको सूचीमा नेपाल रहेको छ । सन् २०२१ नोभेम्बर २४ मा राष्ट्रसङ्घको ७६ औँ महासभा ९जेनेरल एसेम्ब्ली० ले तीन एसियाली मुलुक नेपाल, बङ्गलादेश र लाओसलाई अति कम विकसित देशको सूचीबाट स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

यी देशले स्तरोन्नतिका लागि पाँच वर्षको तयारी अवधि पाएका छन् । जसअनुसार नेपालले पनि सन् २०२६ सम्ममा अति कम विकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ ।

स्तरोन्नतिका लागि तीन वटा सूचक पूरा गर्नुपर्ने हुन्छ । नेपालले मानव पुँजी सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क ९इभिआई० मा संयुक्त राष्ट्रसङ्घको थ्रेसहोल्ड पास गरिसकेको छ ।

मानव पुँजी सूचकाङ्कका लागि ६६ भन्दा बढी अङ्क रहनुपर्नेमा नेपालको ७१ दशमलव २ अङ्क छ । त्यस्तै आर्थिक तथा वातावरणीय जोखिम ३२ अङ्कभन्दा कम हुनुपर्नेमा २८ दशमलव ४ अङ्क रहेको छ भने प्रतिव्यक्ति आय एक हजार दुई सय २२ अमेरिकी डलर हुनुपर्नेमा नेपालको एक हजार तीन सय ८१ अमेरिकी डलर रहेको छ ।

Previous Post

हेल्थ टिप्सः मधुमेहका रोगीलाई फाइदा पु-याउने जामुन

Next Post

ध्यानः शित्कारी प्राणायामबाट हुने लाभ

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
ध्यानः शित्कारी प्राणायामबाट हुने लाभ

ध्यानः शित्कारी प्राणायामबाट हुने लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In