काठमाडौँ– कैलालीको गौरीगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नामजाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।
कैलाली प्रहरीका अनुसार घटनापछि मृतकका श्रीमान शेरबहादुर नामजाली मगर फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए। उनी घर फर्किएकै दिन ललिताको हत्या भएपछि प्रहरीले पहिलो आशंकामा श्रीमानलाई राखेको हो ।
घटनामा मृतक मगरकी १७ वर्षीया छोरी घाइते भएकी छन्। घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।













