• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकार प्रमुख र राष्ट्रप्रमुखविच दूरी बढ्यो

by
६ अशोज २०७९,
0
सरकार प्रमुख र राष्ट्रप्रमुखविच दूरी बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् ।

गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । यसपछि दुवै सदनबाट हुबहु पारित गर्दै सरकारले पुनः २० भदौमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो ।

राष्ट्रपतिको विधेयक प्रमाणीकरण नगर्ने कदमपछि सरकार र सत्ता गठबन्धनआबद्ध दलले भने राष्ट्रप्रमुखबाट संवैधानिक व्यवस्था उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । जसले सरकार र राष्ट्रपतिबीचको दूरी बढाएको छ भने यो विषय सर्वोच्च अदालत पुगेको छ ।

संविधानले राष्ट्रपतिलाई सरकारले पठाएको विधेयक पहिलोपटक संघीय संसद्मा फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, यसरी फिर्ता पठाएको विधेयक संघीय संसद्ले संशोधनसहित वा जस्ताको त्यस्तै फिर्ता पठाएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ । संविधानको धारा ११३ (४) मा यो व्यवस्था उल्लेख छ ।

राष्ट्रपतिले राष्ट्र संरक्षण गर्नुभएको छ, यसबाट संविधान रक्षा भएको छ, संविधान उल्लंघन त बरु पाँच दलको गठबन्धन सरकारले गरेको छ । संविधानबाहिर गएर विधेयक आएकाले राष्ट्रपतिले त्यसलाई सच्याउनुभएको हो । संविधान संरक्षण गर्ने काम राष्ट्रपतिबाट भएको छ, यसबाट नागरिक खुसी भएका छन् । –लालबाबु यादव, राष्ट्रपतिका सल्लाहकार

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारूढ दलले गैरसंवैधानिक तथा जननिर्वाचित संसद्को राष्ट्रपतिबाट अपमान तथा अवमूल्यन भएको भनेका छन् । विद्येयक प्रमाणीकरण नगर्ने निर्णयपछि सत्ता गठबन्धनमा आबद्ध पाँचमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितका चार दलले बुधबार सो कदमको विज्ञप्तिमार्फत संयुक्त रूपमा विरोध गरेका हुन् ।

‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको छ,’ पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाबाहेकका चार दलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको छ ।’

विज्ञप्तिमा ‘राष्ट्रपतिको कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्यमान्यतामा गम्भीर प्रहार भएको ठहर गर्छ’ भनिएको छ ।

सत्ता गठबन्धनआबद्ध चार दलद्वारा बुधबार जारी संयुक्त विज्ञप्तिमा जनमोर्चाले भने हस्ताक्षर गरेको छैन । विज्ञप्तिमार्फत गठबन्धनले ‘राष्ट्रपतिको पछिल्लो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबैलाई अपिल’समेत गरेको छ ।

विज्ञप्तिमा ‘कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ । सत्ता गठबन्धनबाहिर रहेको तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विधेयकमा असन्तुष्टि जनाउदै आएको थियो ।

उपराष्ट्रपतिको ‘काउन्टर’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले ‘राष्ट्रपतिको संवैधानिक’ अधिकार स्मरण गराएका छन् । पुनले बुधबार वक्तव्य जारी गर्दै ‘संविधान दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको’ उल्लेख गरेका छन् । ‘संविधान पालन र संरक्षण जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको’ उनको जोड छ ।

‘संविधानको प्रमुख पालक र संरक्षकबाट संविधान पालन र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु दुःखद भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो, संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधान पालन र संरक्षण हुनुपर्छ,’ संविधान दिवसमा गरेको प्रतिबद्धता स्मरण गर्दै उनले संविधान पालन र संरक्षणका लागि सबै पक्षसँग आग्रहसमेत गरेका छन् ।

देश प्रतिगमनतिर जाने खतरा : पूर्वराष्ट्रपति
संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको पछिल्लो कदमले ‘देश प्रतिगमनतिर जाने खतरा रहेको’ औंल्याएका छन् । जनकपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले ‘राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था उल्लंघन गरेको’ आरोप लगाए । ‘विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गरिमामय संस्थाको गरिमा भंग गरेको’ आक्षेपसमेत लगाएका छन् ।

‘राष्ट्रपतिले विभिन्न मुलुकका अभ्यास हेर्नुपथ्र्यो, कानुनविद्, संविधानविद् तथा विद्वानसँग छलफल गरेर अगाडिको कदम उठाउन सक्नुहुन्थ्यो, यसअतिरिक्त अन्य विकल्प हुँदाहुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत र लोकतन्त्रका लागि यो घटना सामान्य नभई अनिष्टकारी हो,’ पूर्वराष्ट्रपति यादवले भनेका छन् ।

Previous Post

रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्‍यो, जनमतसंग्रह नक्कलीः बाइडेन

Next Post

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

सम्बन्धित खबर

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
समाचार

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

१९ बैशाख २०८३,
Load More
Next Post
नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In