• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

खाना पच्दैन, कसरी सुधार्ने पच्ने यन्त्र ?

by
१९ फाल्गुन २०७९,
0
खाना पच्दैन, कसरी सुधार्ने पच्ने यन्त्र ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जब पाचन यन्त्र कमजोर हुन्छ, सामान्य खानेकुरा पनि पचाउन गाह्रो हुन्छ । आवश्यकता भन्दा बढी मात्रामा खाना खानु, मसलायुक्त खानेुकराको सेवन तथा गलत खानपानका कारण पाचन तन्त्रले खानालाई सही तरीकाले पचाउन सक्दैन ।

त्यसबाहेक, कलेजोमा रहेका इन्जाइमले सही तरीकाले काम गर्न नसकेको अवस्थामा अपचको समस्या निम्तने गर्छ । जुन निकै पिडादायक हुन्छ ।

किन देखाउँछ अपचः
अपच भएमा पेट पोल्ने, ग्यास्ट्रिक हुने, पेट फुल्ने लगायतको समस्या देखिन्छ गर्छ । अपच आफैमा आम समस्या नभएकोले यसबारे सजग हुन आवश्यक छ । अन्यथा, अपचकै कारण स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तने गर्छ ।

अपचका कारण हुनसक्ने समस्या

–एलर्जी

–आर्थराइटिस

–अटोइम्युन डिजिज

–छालाको इन्फेक्सन तथा पिम्पल्स

–थकान तथा मुड अर्डर

पेटको समस्याका कारण

पेटको पाचन–तन्त्रले नै यो कुरा निर्धारण गर्छ कि आखिर भोजनले शरीरलाई कुन कुन किसिमका पोषण तत्व प्रदान गर्छ । र, कुन कुन विषादीलाई शरीरबाट बाहिर निकाल्छ । यसको अर्थ के हो भने हाम्रो पाचन प्रणालीले नै हाम्रो शरीरलाई कुनै न कुनै तरीकाबाट नियन्त्रित गरिरहेको हुन्छ ।

उदाहरणको लागि हाम्रो कलेजोले शरीरमा जम्मा भएका कयौ विषादीलाई पित्तमा छोडेर शरीरबाट बाहिर निकाल्न सहायता प्रदान गर्छ । र, यसले उल्टो काम गरेमा शरीरमा कब्जियत हुने गर्छ ।र, कब्जियतको कारण शरीरमा विषादी बढ्ने गर्छ ।

यी कारणले पनि हुनसक्छ अपच

–भोजनमा फाइबरको मात्रा कम भएमा तथा चिनीको मात्रा धेरै भएमा पनि पाचन सम्बन्धि समस्या हुने गर्छ ।

– पोषण तत्वको कमी तथा उच्च क्यालोरीयुक्त आहारका कारण शरीरमा खराब व्याक्टेरियाको स्तर बढेर आन्द्रा सम्बन्धि समस्या निम्तन सक्छ ।

–सामान्य पाचन प्रणालीलाई प्रभावित पार्ने विभिन्न औषधीको सेवनले पाचन सम्बन्धि समस्या निम्तन सक्छ । विशेषगरी एस्प्रिन तथा प्रिलोसेक जस्ता औषधीको सेवनले पनि पाचन तन्त्रलाई प्रभावित पार्ने गर्छ ।

–तनावका कारण पनि नर्भस सिस्टम विग्रिएर पाचन सम्बन्धि समस्या निम्तन सक्छ । साथै, आन्द्रामा व्याक्टेरियाको सन्तुलन विग्रन सक्छ ।

पाचन क्रियामा व्याक्टेरिया

मानव शरीरमा पाँच सय प्रजातिको व्याक्टेरिया रहेको हुन्छ, जसले भोजन पचाउनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यसको साथै, यी व्याक्टेरियाले हर्मोनको सन्तुलन कायम राख्ने, विषादीहरु बाहिर निकाल्ने तथा भिटामिन लगायतका अन्य हिलिङ तत्वको निर्माणमा सहायता प्रदान गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया स्वस्थ रहने गर्छ । शरीर स्वस्थ रहनका लागि पाचन तन्त्र स्वस्थ रहन जरुरी छ ।

शरीरमा प्यारासाइट वा यीस्ट जस्ता खराब व्याक्टेरियाको स्तर बढेमा वा ल्याक्टोवासिलस वा बिफिडोव्याक्टेरिया जस्ता राम्रो व्याक्टेरिया कम भएमा स्वास्थ्य सम्बन्धि समस्या निम्तन सक्छ । त्यसैले, शरीरलाई स्वस्थ राख्न तथा पाचन प्रक्रियालाई चुस्त राख्न व्याक्टेरियाको सन्तुलन हुन निकै जरुरी छ ।

पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ । एक स्वस्थ मानिसको पाचनक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पुर्याउँछ ।

तर, अस्वस्थ जीवनशैली र खानपानको कारण हामी सबैले कुनै न कुनै बेला पाचन प्रक्रियामा समस्या भोगेको अनुभव हुन्छ । पाचनप्रणाली भित्र रहेका राम्रा र खराब ब्याक्टेरियाको असन्तुलनले हामीलाई यस्तो अनुभव हुन्छ । यो सन्तुलन निन्द्रा, औषधि, धेरै मात्रामा गुलियो खानु र रक्सीको सेवनले पनि बिग्रन्छ । आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ । पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।

१. स्वस्थ र एकाग्र भएर खाने

आजकालको जीवनशैलीमाा हरेक मानिस एकपटकमा विभिन्न काम गर्ने बारे सोच्छन् र समस्याहरु यँहीबाट सुरु हुन्छ । आयुर्वेदले सँधै एकाग्र भएर खाने सुझाव दिन्छ किनभने यस्तो गर्नाले मस्तिस्कलाई हाम्रो खानाको बारेमा सहि जानकारी मिल्छ । हल्का सादा खाना, सुपाच्य खाना एवम् सात्विक खाना खाएमा तपाईंको अग्नी उर्जावान रहन्छ ।

२. अग्नी खराब बनाउने पदार्थबाट टाढै रहनुहोस्

खराब तरल पदार्थहरुले तपाईंको अग्नीलाई बिगार्न सक्छ । धेरै मात्रामा तरल पदार्थ जस्तै कोल्ड ड्रिंक्स, अल्कोहल आदीको सेवनले पनि तपाईंको पाचनप्रणालीलाई असन्तुलित गर्छ । यस्तै धेरै सुत्ने, धेरै खाना खाना खाने गर्नाले पनि अग्नीको अस्तित्व संकटमा पर्छ ।

३. आफ्नो अग्नीलाई सुधार्ने

स्वस्थ भोजन गरेर हामी आफ्नो अग्नीलाई पहिले देखि नै सुधार्न सक्छौं, जसले राम्रो परिणाम दिन सक्छ । खान भन्दा पहिले हल्का हिँडडुल गर्नु पनि तपाईंको अग्नीलाई सुधार्ने एक सरल र फाइदाकारी सुझाव हो । बिहान उठ्नासाथै २ गिलास पानी पिउनाले पनि पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्छ ।

४. षैष्टिक गुण धेरै भएका खाद्यपदार्थको सेवन गर्नुहोस्

दिनचर्यामा अधिक पौष्टिक गुणवान खाद्यपदार्थहरुको सेवन गर्नाले तपाईंको पाचन प्रणालीको अग्नीलाई सुधार्छ । तपाईंको आहारमा पर्याप्त मात्रामा सागसब्जी एवम् फलफूल हुन आवश्यक छ । यसखालको आहारले तपाईंलाई पाचनमा हुने रोगहरुबाट बँचाउछ ।

५. दैनिक एकै समयमा खाना खानुहोस्

यो बानी अपनाउन थोरै मुस्किल हुन सक्छ तर यो बानीको फाइदा भरपुर छ । दैनिक एकै समयमा खाना खानाले तपाईंको पाचन प्रणालीलाई सुधारेर त्यसको उत्पादकत्व बढाउँछ ।

६. व्यायाम महत्वपूर्ण छ

धेरै समयसम्म एकै स्थानमा बसेर काम गर्ने वा पढ्ने गर्नाले तपाईंको शरीरको पाचन क्रिया ढिलो हुन्छ । त्यसैले आयुर्वेदले सँधै सहि प्रकारको व्यायाम गर्ने सल्लाह दिन्छ जसले तपाईंको पाचनतन्त्र एवम् शरीर दुवै उच्चतम बनिरहन्छ ।

७. ताजा हावा र केही आसन

जसरी अग्नी बल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ त्यसरी नै तपाईंको पाचन तन्त्रको अग्नीलाई पनि स्वस्थ राख्न पनि ताजा हावाको आवश्यकता हुन्छ । बिहानै घुम्न जाने वा फेरि प्रकृतिमा लामो पैदल यात्रा गर्नु तपाईंको ताजा हावाको सेवन अनुभव गराउन सक्छ ।

८. काममा ध्यान लगाउने

आफ्नो पिर, चिन्ता र तनावलाई टाढै राख्नको लागि आफ्नो काममा धेरै ध्यान लगाउनुभन्दा राम्रो तरिका सायद अरु छैन होला हरेक दिन केवल ५ मिनेट एकाग्रतासँग ध्यान लगाउनाले तपाईंलाई असङ्ख्य लाभ दिन सक्छ ।

९. सहि मात्रामा पानी पिउने

दैनिक सहि मात्रामा पानी पिउनु मानिसको पाचन प्रणालीको लागि सबैभन्दा धेरै लाभदायक हुन सक्छ । पानीले केवल पाचनप्रणालीमा रहेका ब्याक्टेरियामा सन्तुलन राख्दैन बरु पुरै शरीरमा खानाबाट मिलेका पोषक तत्वलाई पुर्याउन सहयोग गर्छ ।

१०. विषहरण प्रक्रिया

आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्धारा सफा राख्ने सल्लाह पनि दिन्छन् । विषहरण क्रिया क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ ।

विषहरण क्रियाले तपाईं आफ्नो अग्नीलाई शक्तिशाली तरिकाले फेरि सुरु गर्न सक्नुहुन्छ । विषहरण क्रियाले भित्री प्रणालीको मर्मत गरेर त्यसलाई उच्चतम उत्पादकत्व दिन सघाउँछ । विषहरण क्रिया फलफूलको सेवन देखि लिएर पन्चकर्म थेरापीसम्म विस्तारित छ ।

पाचनप्रणाली भित्रको अग्नीले हरेक मानिसलाई सक्रिय उर्जावान राख्छ । पाचनप्रणालीमा सन्तुलन राख्न सकेमा स्वस्थ र दिर्घजीवन प्राप्त गर्न सकिन्छ । यसैकारण हामीले आफ्नो पाचनप्रणालीको अखण्डतालाई स्वस्थ राख्न आवश्यक छ ।

Previous Post

मौसम पूर्वानुमानः कुन–कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

Next Post

रक्सी एक मन्दविष हो, कसलाई चाँडै मर्न हतार छ र ?

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
रक्सी एक मन्दविष हो, कसलाई चाँडै मर्न हतार छ र ?

रक्सी एक मन्दविष हो, कसलाई चाँडै मर्न हतार छ र ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In