नेपाली राजनीतिमा सिर्जना हुन नसकेको सुशासनको मूल कारण आजसम्म अभ्यास गरिएको निर्वाचन प्रक्रिया र प्रणालीमा भएको विकृति नै हो भनेर आजका ठूला दलहरूका ठूला भनिएका नेताहरू स्वयं आफैँले ठोकुवा गरिरहेको अवस्थामा पनि यसको उपाय नखोज्नु भनेको देशलाई जानीजानी ठूलो संकटतर्फ उन्मुख गराउनु नै हो । यदि निकास निकाल्ने चाहाना गर्ने नै हो भने निर्वाचनसम्बन्धी आजसम्म गरिएका विकृतिपूर्ण अभ्यासलाई निर्मम भएर रोक्न जरुरी भइसकेको छ र केही कडा आचार संहितासहित निर्वाचन आयोगले निर्वाचन गराउने प्रतिबद्धता देखाउनु नैपर्छ । अतःउम्मेद्वारले आफ्नो मतदाता र कार्यकर्तालाई नचिनीकन प्राप्त गरेको मत नै उत्तम मत हो र आदर्श अवस्था हो भनेर सहमति जनाइन्छ भने निर्वाचन आयोगलेनिम्नलिखितअनुसार
आचार संहिता लागु गरोस्भन्ने हामी सबै सचेत नागरिकले चाहाना राख्नु वाञ्छनीय हुन्छ।
१. कुनै पनि उम्मेद्वार वा दलले आफ्नो उम्मेदवारी र उपस्थिति बारे वर्तमानमा सुलभ आधुनिक सञ्चार माध्यमबाट मात्रै गर्न पाइने ।
२. सबै उम्मेद्वारहरूले आफ्नो दल एवं उमेदवारका क्षमता, दक्षता, योग्यता, ख्याति आदिबारे जनमानसलाई सम्पूर्ण कुरा बुझाउन वर्तमानमा लोकप्रिय रहेको आधुनिक सञ्चार माध्यमका साधनहरू तथा सामाजिक सञ्जाल आदिबाट मात्रै गर्न पाइने ।
३. कुनैपनि उम्मेदवारले कार्यकर्ताको झुन्ड लिएर मतदातासमक्ष कुनै पनि उद्देश्यले प्रस्तुत हुन नपाउने, घरदैलो गर्न नपाउने तर कुनै सार्वजनिक ठाउँमा बिना कार्यकर्ताको साथ लिएर जनसमूहलाई भेटी आफ्नो भनाइ राख्न पाइने । उक्त ठाउँमा यदि उम्मेदवारको नातेदार वा साथीभाइ को घर नै रहेछ भने पनि उक्त घर वा कार्यालयमा जान नपाइने।
४. राज्यले खासखास ठाउँहरूमा उपलब्ध गराइदिएको खुल्ला मञ्चहरूमा आआफ्नो पालो पर्खेर मतदाताहरूलाई उल्लेखित सञ्चार माध्यमका साधनहरू प्रयोग गरी उपस्थितिका लागि अग्रिम सूचनामार्फत आह्वान गर्नुपर्ने ।
५. कुनै पनि चुनावी भेलामा जनमानसलाई भौतिक रूपमा उपस्थित गराउन कुनै पनि उम्मेदवार वा दलको प्रत्यक्ष प्रयासलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने ।
६. यो शैली अपनाउने उम्मेदवारहरूलाई सम्भव भएसम्मको सहयोग पनि गर्ने योजना भएको हुँदा एकभन्दा बढी क्षेत्रमा उम्मेदवारी दिनेलाई यो कार्यक्रम मा समावेश गर्न नमल्निे।
७. एकभन्दा बढी क्षेत्रमा लड्ने उम्मेदवारहरूको व्यापक विरोध गर्ने । यदि कुनै उमेदवारले एकभन्दा बढी क्षेत्रमा उमेदवारी दिई विजयी भएका खण्डमा उपनिर्वाचन गराउनु परे निज उमेदवारबाटैचुनावी खर्च उठाउने व्यवस्था हुनुपर्ने ।
८. सांसदहरूले आफ्नो क्षेत्रमा खर्च गर्न पाउने सुविधाको दुरूपयोग भएको र कसैले सदुपयोग नै भएको भनेर दाबी गरे पनि सरकारी रकमले जनतालाई निजप्रति आभारी हुनपर्ने बाध्यताको निराकरण गर्ने । यो नीति गलत हो भनेर यो शैली अपनाउने सबै उम्मेदवारहरूले यसको खारेजीको माग व्यापक रूपमा राख्नु पर्ने ।
माथि उल्लेखित नियमहरू लागु गराइएमा मतदाताहरूलाई डर, त्रास, धम्की, लोभ आदि सबैबाट मुक्त गराई स्वतःस्फूर्त भएर मतदान गर्ने वातावरण बनाउन सकिन्छ । यदि यो सम्भव भएमा नेपालले प्रजातान्त्रिक अभ्यासमा सर्वत्र विश्वले भोग्नुपरेको विकृतिहरूलाई हटाइकन नयाँ प्रयोगको सुरुवात गरेको सन्देश सम्पूर्ण विश्वजगत्मा तुरुन्त जान्छ र अन्य प्रजातन्त्रिक मुलुकहरूका लागि पनि यो उपाय अनुसरणीय हुनेछ ।
यस विचारले दलहरूको औचित्यमाथि प्रश्न गर्न खोजेको पनि होइन र स्वतन्त्र उम्मेदवारीको वकालत गर्न खोजेको पनि होइन । यसप्रकारको नौलो अभ्यासले अगामी दिनमा सम्पन्न हुने निर्वाचनहरू सबैका लागि सहज र समान होस र कुनै पनि दल वा स्वतन्त्र उम्मेद्वारहरूलाई नागरिकको मत प्राप्त गर्न कुनै पनि अनावश्यक कुराहरू र तत्वहरूको सहारा लिन नपरोस् भन्ने नै हो । यसरी सबैले यो अभ्यास गर्नुपर्ने बाध्यता आयो भने दलहरूले पनि आफ्नो उम्मेद्वारहरू चयन गर्नुपर्दा कुनै किसिमको दवाब वा प्रभावमा नपरीकन सही अर्थमा जनाधार भएको योग्य अनि कर्मठ उम्मेदवार चयन गर्नुपर्ने परिस्थितिको सिर्जना हुन्छ । यस अभ्यासले मूर्त रूप लिनपायो भने देशले भोग्नुपरेको विद्यमान विसङ्गतिहरू निर्मूल गर्न सहायक सिद्ध हुन्छ । यदि कसैले पनि कुनै एक विसङ्गति तथा विकृतिलाई विचार गरेर यो उपायले हटाउन सकिन्छ कि सकिन्न भनेर परीक्षण गर्ने हो भने जबापफ् सकारात्मक नै आउँछ । तसर्थ विसङ्गति तथा विकृतिहरूको सूची बनाएर यस विचारको कसीमा राखेर हेरौँ। यसबाट अधिकांश विसङ्गति तथा विकृतिहरूको निवारण हुनसक्छ । कुनै पनि राजनीतिक दल वा नेतृत्वको आलोचना गर्नुपूर्व हामीले पहिला वस्तुस्थिति बुझ्नुपर्ने हुन्छ ।
राजनीतिमा सत्ता प्राप्त गरी आफ्नो घोषणापत्रअनुसारको नीतिबमोजिम देशलाई सुशासनमापफर््त शान्ति तथा संवृद्धि दिलाउन प्रजातान्त्रिक अभ्यासले प्रतिस्पर्धा गर्नु स्वाभाविक तथा आवश्यक नै हो तर सत्ता प्राप्त गर्ने अस्वस्थ्य होडबाजीमा ठूलो संख्यामा कार्यकर्ता हुनुपर्ने अनि कार्यकर्ता व्यवस्थापन गर्न असीमित खर्चको जोहो गर्नुपर्ने हुनाले आर्थिक अनियमितता एवं सामाजिक न्यायमा सम्झौता गर्दै अगाडि बढ्दा आफ्नो मूल नीति, आदर्श, आचरण आदि सबैमा सम्झौता गर्नु परेपछि आज हामी सबैले भोग्नु परेको विसङ्गति तथा विकृतिले ल्याउने भनेको कुशासन मात्र हो, सुशासन त मात्र सपना हो । यसबाट अपेक्षा गर्नसकिनेपरिणामहरू
१) सबै आकाङ्क्षी उम्मेदवारहरूलाई प्रतिस्पर्धामा उत्रिन सजिलो हुने ।
२) यस विधिबाट प्रतिस्पर्धा गर्दा जिते पनि वा हारे पनि आत्मग्लानी नहुने र आफूलाई अनावश्यक खर्चको मार नपर्ने ।
३) दलहरूलाई पनि बिस्तारै यो पथमा हिँड्न प्रेरित गर्ने ।
४) यो शैली अपनाएर धेरै संख्यामा विजय प्राप्त गरेको महसुस सम्भव भयो भने पुरानो शैली स्वतः समाप्त हुने ।
५) फलस्वरूप दलहरूलाई उम्मेदवार चयन गर्दा अपनाउने विचारहरूमा संशोधनगर्नुपर्ने बाध्यता हुने ।
६) दलहरूलाई कार्यकर्ता व्यवस्थापनको भार नपर्ने हुँदा भ्रष्टाचार एवं अनिमियततास्वतः कम हुँदैजाने ।
७) संसद्मा यो शैली अपनाएर चुनिएका प्रतिनिधिहरूको वर्चस्व बढ्दै गएपछि आन्तरिक एवं बाह्य प्रभाव हस्तक्षेप, हेपाइ आदि स्वतः कम हुँदैजाने ।
८) विजयी उम्मेदवार सम्पूर्ण रूपमा जनतातर्फ उत्तरदायी हुनेहुँदा कुनै गलत कार्य गर्ने हिम्मत नहुने ।
९) अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग उठेको छ । हाललाई यो कुरा नहुने भए पनि यो शैलीबाट विजयी भएर आएका प्रतिनिधिहरूले छानेको कार्यकारी पनि प्रत्यक्ष निर्वाचित कार्यकारीसरह हुने ।
१०) उमेरविशेष अथवा न्यूनतम शैक्षिक योग्यताविशेष आदिको छिनोपफनो पनि यसै शैलीले गर्नेछ किनभनेजनताले निर्वाचित गराएपछि यी सबै आवाज गौण हुनेछ ।
११) यस शैलीले विद्यमान विकृतिपूर्ण समानुपातिकको प्रक्रियालाई प्रत्यक्ष रूपमा केही असर गर्न नसके पनि यो विधि अपनाउन चाहने उम्मेदवारले उक्त समानुपातिकको बिषयमा पनि संशोधनको माग राख्नुपर्ने कुरालाई आफ्नो चुनावी अभियानमा दरोसँग उठाउनुपर्ने सर्त राख्ने अनुरोध गर्ने ।
१२) यदि यो शैली व्यापक रूपमा अभ्यासमा आयो भने धेरै संख्यामा सूचना प्रविधिसँग अभ्यस्त भई नयाँनयाँ प्रविधि र सामाग्रीहरूको निर्माण हुने र धेरैले काम पाउने ।
१३) यस विधिले व्यापकता पायो र पुरानो शैली विलय भयो भने सम्पूर्ण विश्वमा नेपाल एउटा सभ्य समाज भएको मुलुक हो र स्वच्छ तरिकाले आफ्ना प्रतिनिधिहरू आधुनिक प्रविधिबाट छान्ने मुलुकका रूपमा परिचित हुनुपुग्छ जसप्रति सबै नेपालीले गर्व गर्नसक्छन्र विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरू हेपिने अवस्थामा क्रमिक रूपमा सुधार भई सम्मान पाउने दिनहरू आउने ।
१४) यो शैलीले चुनावी अभियान चलाउँदा जनमानसको जनजीवनमा कुनै नकारात्मक असर नपर्ने ।
१५) कुनै प्रकारको ध्वनि प्रदूषण, अनावश्यक भिडभाड अनावश्यक कुराहरूले सहरबजार तनावग्रस्त अवस्थामा गुज्रिन नपर्ने ।
१६) सडकमा भिड नियन्त्रणका लागि खटिन बाध्य हुनुपर्ने सुरक्षाकर्मीहरूलाई अन्य क्षेत्रको सुरक्षाका लागि खटाउन सकिने ।
१७) यस विधिबाट निर्वाचन हुँदा कुनै पनि उम्मेदवारले धाँधली गरेको आरोप खेप्नु नपर्ने।
सम्भावित अड्चनहरू
१) प्रवधिकिो गलत प्रयोग गराई उम्मेदवार हरू बीच द्वन्द शृजना गरउने षडयन्त्र पनिहुन सक्छ जुन कुरा लाई यसका आफ्नै मौलकि आचार संहिताले समाधान गर्ने ।
२) यदि यो शैलीले व्यापकता पायो भने यसलाई रुचाउने उम्मेद्वारहरूको संख्यामा धेरैबढोत्तरी आएर निर्वाचन आयोगलाई मतपत्र तयार गर्न कठनिाई पर्नसक्छ तर त्यसको नदिानको लाग निर्वाचन आयोग ले धरौटी रकमलाई अलि बढाएर राख्नुपर्ने र बढी धरौटी रकमलाई यस शैली को सबै उम्मेद्वारहरूलाई सहयोग पुग्ने कोषमा रकमान्तर गर्ने ।
पुनश्चः
यस विचारलाई कसैले पनि चाहेमा देश हितका लागि अझ परिष्कृत गर्नसक्छ र बहसको
बिषय बनाएर सम्बन्धित निकायलाई बहस चलाउने कार्यमा अग्रसर बनाउनसक्छ ।
राजु खड्का
काभ्रे
nikashmukhi@gmail.com













