• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२४ घन्टा पनि टिकेन राप्रपाको निर्णय, एमाले मुख्यमन्त्री भएको प्रदेशमा सरकारबाट नबाहिरिने

by
१४ फाल्गुन २०७९,
0
अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपा ठूला दल नेपाली कांग्रेस, एमाले, माओवादीलाई गाली गरेरै गत निर्वाचनमा १४ सिट ल्याउन सफल भएको थियो । निर्वाचनबाट पाँच ठूलो दल बने पनि एमाले अध्यक्ष केपी ओलीकै निगाहमा राप्रपाले प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउन सफल भयो । तर, एमालेको राष्ट्रपतिका उम्मेदवारलाई माओवादीले समर्थन नगरी कांग्रेस उम्मेदवारलाई समर्थन गर्न अर्कै गठबन्धन गरेको झोकमा केन्द्र र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाको त्यो निर्णय २४ घन्टामै लत्याइएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई शनिबार नै पार्टीका चार मन्त्रीसहित सामूहिक राजीनामा बुझाए । तत्कालै राप्रपा बागमती प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाए । उनीहरूले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन् । तर, राप्रपा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छैन ।

केन्द्रले नै प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दा पनि राप्रपाका मन्त्रीहरूले तीनै प्रदेशमा राजीनामा दिएका छैनन् । राप्रपाले तीनवटै प्रदेशमा सरकार नछाड्नुको कारण केपी ओली हुन् । ओलीकै छत्रछायाँमा अहिलेसम्म राजनीति गर्दै आएको राजेन्द्र लिङ्देन एमालेका मुख्यमन्त्रीको कुर्सी जोगाउन पनि पदमै बसिरहेका हुन् । ती प्रदेशमा रहेका मन्त्रीहरू केन्द्रको निर्णय कुरेर बसेका छन् । तर लिङ्देन भने ओलीकै आदेशअनुसार काम गरिरहेका छन् ।

पार्टीले नै संघ र प्रदेश सरकारमा नरहने निर्णय गरेपछि त्यो तल्लो तहसम्मै लागू हुने हो । तर अहिले लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग रिसाएर उनको पार्टीबाट मुख्यमन्त्री बनेको प्रदेशमा मात्र समर्थन फिर्ता लिएका छन् ।

यदि राप्रपा सरकारबाट बाहिरिएमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा तत्काल सरकार ढल्छ । तर, एमालेको सरकार ढाल्ने पक्षमा राप्रपा देखिएको छैन । राप्रपाकै कारण प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका मुख्यमन्त्रीको कुर्सी कम्तीमा पनि फागुन २५ गतेसम्म लम्बिने भएको छ ।

Previous Post

धनुषाको राजदेवी मन्दिरबाट मूर्ति र गहना चोरी

Next Post

किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In