• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्युत भारत निर्यात गरेर एक महिनामै दुई अर्ब ४२ करोड कमाइ

by
४ अशोज २०७९,
0
विद्युत भारत निर्यात गरेर एक महिनामै दुई अर्ब ४२ करोड कमाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं–चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रूपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत व्यापार भारुमा हुने भएकोले चार महिनाको अवधिमा विद्युत बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट एक अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं,’ उनले भने ।

आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट नौ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट नौ रुपैयाँ २३ पैसा छ ।

थप एक सय मेगावाट निर्यात प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

प्राधिकरणले केही दिनअघि चार जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । यसअघि प्राधिकरणले चार जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो । थप चार जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले आठ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेस गरेको हो ।

Previous Post

नागरिकता विधेयकमाथि राष्ट्रपतिको असमन्जस कायमै

Next Post

चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
फिचर-ब्यानर

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

२८ साउन २०८३,
Load More
Next Post
चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In