• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यूएनएचसिआरका कारण नेपालमा सुरक्षा जोखिम बढ्दै

by
४ अशोज २०७९,
0
यूएनएचसिआरका कारण नेपालमा सुरक्षा जोखिम बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय ९युएनएचसिआर०का कारण नेपालमा सुरक्षा जोखिम बढ्दै गएको छ । युएनएचसिआरले अवैध शरणार्थीलाई प्रोत्साहन गर्दा नेपाल अवैध शरणार्थीको केन्द्र बन्दै गएको छ । ती शरणार्थीकै कारण सुरक्षा जोखिम बढ्दै गएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय नेपालमा बंगलादेश र भारतबाट नेपालमा रोहिग्या शरणार्थी बढेका छन् । नेपालमा पछिल्लो एक वर्षमा पाँच सय भन्दा धेरै रोहिग्या शरणार्थी आएको सुरक्षा निकायको आँकलन छ । एक सयको संख्या त रेकर्डमै देखिएको छ ।

हाल तीन सय ७० जनाले युएनएचसिआरबाट सहरी शरणार्थीको रुपमा परिचयपत्र पाइसकेका छन् भने थप एक सय २३ जनाले यसका लागि निवेदन दिएका छन् । संख्या बढेसँगै रोहिग्याहरु काठमाडौंका बाहिरी क्षेत्रमा जग्गा भाडामा लिएर बस्ने तयारीमा छन् । ललितपुरको टिकाथली तथा भक्तपुरको बाहिरी क्षेत्रमा जग्गा खोजिरहेका छन् । मानवीयताका आधारमा नेपालले उनीहरुलाई सहज रुपमा बस्न दिएको छ । त्यसैको फाइदा उठाउँदै मानवतस्करीमा संलग्न समूहले तस्करी गराइरहेको छ । सीमामा सुरक्षा निकाय कमजोर हुँदा यस्तो धन्दा मौलाएको हो ।

गत वर्ष रोहिग्याको एक समूह अवैध रुपमा काठमाडौं आइपुगेपछि गृह मन्त्रालयले त्यसको छानबिन गरि सीमामा कडाई गर्न निर्देशन दिएको थियो । तर, खुला सीमाका कारण लुकिछिपी भारतबाट नेपाल आइरहेका छन् । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी सीमामा कमाउ धन्दामै व्यस्त छ । नेपाल प्रहरी र गुप्तचरको पनि यसतर्फ ध्यान छैन ।

युएनएचसिआरका अनुसार रोहिग्या शरणार्थीको संख्या करिब साढे सात लाख छ । त्यसध्ये धेरै बंगलादेशमा छन् । भारतमा करिब ५० हजार आइपुगेका छन् । भारतमा भन्दा नेपालमा बस्न सहज हुने ठानेर पछिल्लो समय नेपाल छिर्न थालेका छन् । यसमा युएनएचसिआरको प्रत्यक्ष सहयोग छ । उसले यस्ता अवैध शरणार्थीलाई परिचयपत्र दिएर तेस्रो देश लैजान सहयोग गर्दछ । त्यही प्रलोभनमा नेपालमा अवैध शरणार्थी बढेका हुन् । राज्य कमजोर हुँदा यसरी अन्तर्राष्ट्रिय संस्थाको दादागिरी नेपालमा बढेको हो । युएनएचसिआरका अधिकारीहरु आफू अनुकल काम गराउन अध्यागमन र गृह मन्त्रालयका अधिकारीलाई थर्काउने गर्दछन् ।

विगतमा कपितय समूहले लाखौं पैसा असुलेर रोहिग्या समूहलाई नेपालमा ल्याइएको समेत खुलेको थियो । दुई वर्षअघि बंगलादेशी समूहलाई समूहले पक्राउ समेत गरेको थियो । त्यतीबेला अनुसन्धान हुँदा नेपाल हुँदै तेस्रो देश लैजाने भनेर कतिपयलाई नेपाल ल्याइएको खुलेको थियो ।

नेपालमा एसिया मात्र नभई अफ्रिकादेखिका नागरिक शरणार्थीको हैसियतमा बस्दै आएका छन् । गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार रोहिग्याबाहेक पाकिस्तानका एक सय ८७, अफगानिस्तानका ५२, सोमालियाका २१, श्रीलंकाका १९, बंगलादेशका ५ र इराककका एक जनाले नेपालमा यूएनएचसिआरबाट परिचयपत्र लिएर बसेका छन् ।

यसरी नेपालमा अवैध रुपमा बस्दै आएका शहरी शरणार्थीलाई यूएनएचसिआरले तेस्रो मुलुकमा पठाउने गरेको छ । उनीहरुको भिासा शुल्क समेत मिनाहा गर्न दबाब दिदै आएको छ । त्यही लोभमा कतिपय देशका नागरिक नेपाल आउने र पासपोर्ट फालेर युएनएचसिआरमा पुग्ने प्रवृत्ती छ । यसले नेपालमा भने सुरक्षा चुनौती बढेको प्रहरी अधिकारी बताउँछन् ।

गत महिना मात्र यसरी अवैध रुपमा बस्दै आएका शरणार्थीले संयुक्त राष्ट्रसंघको कार्यालय तथा युएनएचसिआरको कार्यालयअघि प्रदर्शन गरेका थिए । तिब्बती शरणार्थीले बेला–बेलामा चीनविरुद्ध प्रदर्शन गर्दै आएका छन् । जसले नेपालमा समस्या बढाएको छ । शरणार्थीहरुलाई कुनै आतंकवादी समुहले प्रयोग गर्न सक्ने जोखिम समेत रहेको प्रहरी अधिकारीको चिन्ता छ ।

रसिया–युक्रेन युद्धका कारण ती देशका केही नागरिकले पनि नेपालमा शरणार्थी बन्न थालेका छन् । युक्रेनका दुई तथा रसियाका एक नागरिकलले शरणार्थीको हैसियतमा बस्नका लागि भनेर यूएनएचसिआरमा निवेदन दिएका छन् । युद्धका कारण आफ्नो देश फर्कन नसक्ने अवस्था भएकाले यही बस्न दिन उनीहरुले आग्रह गरेका छन् ।

नेपाल सरकारले तिब्बती र भुटानी शरणार्थीलाई मात्र औपचारिक मान्यता दिएको छ । १२ हजार पाँच सय ४० तिब्बती तथा ६ हजार तीन सय ६५ भुटानी शरणार्थी नेपालमा छन् । तिब्बती शरणार्थीको पुनगणनाका लागि पश्चिमा देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाल सरकारलाई दबाब दिदै आएका छन् । तिब्बती शरणार्थीकै कारण नेपालले बेला बेलामा ठूलो समस्या झेल्नै आएको छ । उनीहरुका चीन विरोधी गतिविधि नियन्त्रण गर्न राज्यले ठूलो स्रोत साधन खर्च गर्नुपरेको छ । भुटानी शरणार्थीका कारण पनि नेपालले तनाव झेल्नपरेको थियो ।

पछिल्लो समय सरकारले भुटानी शरणार्थीलाई बैंक खाता खोल्ने, व्यापार–व्यवसाय गर्ने लगायत सुविधा दिन लागेकोमा सुरक्षा अधिकारीले त्यसमा असन्तुष्टि जनाएका छन् । यो नजिरले भोलिका दिनमा अन्य देशका शरणार्थीले पनि त्यस्तै सुविधा खोज्ने र देशलाई समस्या हुनसक्ने राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीको भनाइ छ ।

भूराजनीतिक जोखिम र खुला सीमाका कारण बढ्दो सीमा अपराध तथा अन्तर्राष्ट्रिय आतंकवादी प्रभाव समेत बढ्दै गइरहेको परिपेक्षमा शरणार्थी तथा अवैध रुपमा बसोबास जोखिमपूर्ण बन्दै गइरहेको छ ।

अझ शरणार्थीहरुका राजनीतिक गतिविधिमा समेत अन्तर्राष्ट्रिय सहयोग सस्थाहरुको समर्थन हुन थालको छ । यसले नेपाललाई शरणार्थीको क्रिडास्थल बनाउने जोखिम बढेको छ । शरणार्थीप्रति सरकार कठोर नबने भोलिका दिनमा राष्ट्रिय सुरक्षामा यो ठूलो समस्या बन्ने वातावरण बनेको छ ।

Previous Post

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न

Next Post

बाढीमा परी पाकिस्तानमा थप १५ जनाको मृत्यु

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट ५४ जनाको मृत्यु

बाढीमा परी पाकिस्तानमा थप १५ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In