• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भातको चाख छैन अहिले भातखानेडाँडामा

by
९ फाल्गुन २०७९,
0
भातको चाख छैन अहिले भातखानेडाँडामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पथ्र्यो ।

खाद्य सङ्कट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपथ्र्यो । पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ । पहिलेको जस्तो अहिले खाद्य सङ्कटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउँछन् । पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ । तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनले बताउँछन् ।

बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे । त्यो चलन अहिले पनि छ । यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गर्दै आएको उनको भनाइ छ । अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताउनुभयो । यो पूजा परापूर्वकालदेखि चल्दै आएको उहाँ बताउँछन् । गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ ।

उनले भने , “पहिले दशैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा–टाढा जानुपथ्र्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्दै गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन ।”

स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउाछन् । अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ । स्थानीय बाली पूजा गरेरमात्रै नयाँ बाली भित्र्याउने गर्छन् । “यो चलन त धेरै सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामी पनि मनाउँछौँ, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौँ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो”, घर्तीमगरले भने,“बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ ।”

गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए । गाउँमा चामल नआउँदा भातखानेडाँडामा बाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखानेडाँडा हुनु गएको उनको भनाइ छ ।

उनले भातखानेडाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताए । यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकला अहिले पनि हुने गरेको बताउछन् । भातखानेडाँडासँगै स्थानीयको जीवनस्तरसमेत परिवर्तन हुँदै गएको बताएस् । उनले परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयवासी नयाँ प्रविधिसँग जोडिएर पेसा–व्यवसाय गर्न थालेको र उनीहरूको आर्थिक अवस्था पनि सुदृढ बन्दै गएको बताउँछन ।

उपाध्यक्ष रोका भन्छन् , “भातखानेडाँडा मात्रै फेरिएको छैन, यहाँका मदजुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जङ्गल नै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोका खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ ।”

अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ । त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ । ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन् । स्थानीय देवबहादुर खत्रीले भने , “भातखानेडाँडा सुनसान थियो, पहिले यहाँ घर पनि थिएनन्, मान्छेको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नुपथ्र्यो ।”

उनले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरू घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानको जोहो गर्न पनि गलकोट झर्नुपरेको बताउँछन् । घर्तीले अहिले भातखानेडाँडाको मुहार पूरै फेरिएको भन्दै डाँडैभरि घर बनेको बताए । गाउँपालिकाको केन्द्र नै भातखानेडाँडामा बनेपछि विकासले गति लिएको उनको भनाइ छ ।

स्थानीय तलिकुमारी रोकाले भातखानेडाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाए । उनले पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउँछन् । उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पु¥याउने गरेको जनाउँदै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उनको भनाइ छ । उनले भन्छन् , “सेवा–सुविधा लिन लागेको त बल्लै त हो नि, नत्र त कयौँ वर्ष यहाँका मान्छेले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामीभन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान् रु ”

Previous Post

हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?

Next Post

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In